दमक/
झापाको दमकमा रहेका अव्यवस्थित बसोबासी, भूमिहिन तथा सुकुम्बासीहरुलाई निरन्तर निस्सा वितरण गरिरहिएको छ ।
दमकको मुख्य समस्या र सँधै राजनैतिक मुद्धा बनेको भूमिहिन तथा सुकुम्बासीहरुपनि निस्सा प्राप्त गरेपछि धनिपुर्जा पाइन्छ कि भन्ने आशा बढेको छ । यस दमकको वडा नं १० मा निस्सा वितरण भइसकेको थियो । बिहिबार दमकको वडा नं १ मा निस्ससा वितरण्ण गरिएको छ ।
भुमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आए देखीनै पहिलो प्रथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताउनु भयो ।
निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराईने उहाँले बताउनु भयो ।
अघिल्ला जनप्रतिनिधिले सुकुम्बासीहरुको गत संकलन गरेर ती लगतलाई बोरामा हालेर थन्काएर राखेको र आफु निर्वाचित भएर आएपछि ती बोरो खोलेर फटाफट काम गरेको दावी उहाँले गर्नु भयो ।
त्यसैगरी नगर उप प्रमुख भट्टराईले भुमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताउनु भयो । प्राबिधिक कामले केहि ढिलाई भए पनि आगामी संघिय निर्वाचन अघिनै धनिपुर्जा उपलब्ध गराउने गरी आफुहरुले काम गरिने उहाँले दावी गर्नु भएको छ ।
कार्यक्रममा र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
निस्सा पाउनु नै जग्गा धनिपुर्जा पाइहालीने भइयो भन्ने कुरा चाहि नभएको बताउँदै अव प्रकृयामा प्रवेश गरेको र निस्सा पाएपछि धनिपुर्जा पाउने बाटो समातीएकोले गनत्वयमा पुगीने उहाँको भनाई छ । आफु आउनु अघी रहेको भूमि आयोगले गरेको कामलाई नै निरन्र्ता दिइएका कारण पनि अहिले काम दु्रत गतीमा अघी बढको उहाँको भनाई छ ।
झापामा दमक नगरपालकाको सकृयतामा निस्सा वितरण काम अन्य पालिकाको भन्दा चाँडो भएकोमा नेतृत्वको सकृयताको प्रशषां पनि गर्नु भयो ।
कार्यक्रममा राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका दमक नगर सभापती प्रकास प्रसाईंले आयोगको काम अघि बढाउन राजनैतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
दमकबाट भुमिहिन समस्या सदाका लागी अन्त्य गर्ने गरी नगरपालीकाले काम गर्नु पर्ने उहाँले बताउनु भयो । वडा भित्र हाल सम्म दर्ता रहेका ८४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडाअध्यक्ष न्यौपानेले बताउनु भयो ।
दमक १ को निस्सा वितरण कार्यक्रममा कस्ले के बोल्यो र त्यहाँ केके देखियो ? हेरौ पुरा भिडियो