"दमकबाट ओलीको बोली"

गृहनगरमा केपि ओली : ‘हामी राष्ट्रियता जोगाउने आन्दोलनमा छौ, गठबन्धनबाट देश जोगाउँ, प्रचण्ड चाटुकार निस्किए ।’ (संवोधनको पुरा भीडियो सहित)

दमक/
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली बिहिबार देखि आफ्नो गृह नगर झापामा व्यस्त हुनुहुन्छ । यसै शिलिशिलामा शुक्रबार दमकमा आयोजीत एक कार्यक्रममा उहाँले आफुहरु विभिन्न मुद्धाको आन्दोलनमा हामीएको घोषणा गर्नु भयो ।

‘हामी ओन्दोलनमा छौ अहिले मुख्य गरि राष्ट्रियता जोगाउने आन्दोलनमा हामी हामीएका छौ ।’ अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारले देशरको सार्वभौमिकता र राष्ट्रियता नै खतारामा पारेकोले देश बचाउँने आन्दोलनमा नेकपा एमाले होमीएको बताउनु भयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इ -रिक्सा दमक नगर कमिटीको नगर अधिबेसनलाई सम्बोधन गर्दै उहाँले ‘आन्दोलन मानव जातीको विकास क्रम देखी अहिले वर्तमान आधुनिक यूग सम्ममा पनि हरेक आन्दोलन मजदुरबाटै भएका छन् र त्यसले सफलता पनि पाउँदै गएको छ । ’

अहिले नेकपा एमाले राष्ट्रियता जोगाउने , देशको सार्वभौमसत्ता जोगाउने, स्वाधिनता जोगाउने, स्वतन्त्रता जोगाउने, भौगोलिक अखण्डता जोगाउने आन्दोलनमा रहेको उहाँले सम्बोधनका क्रममा बताउनु भएको छ । यस्तै उहाँले ‘गुमेको भूमि फिर्ता लिने आन्दोलनमा हामी छौ ,देशको हितको रक्षा गर्ने, सम्वर्धन गर्ने र देशको स्वाभिमान माथी उठाउने आन्दोलनमा हामी छौ ।’

आन्दोलन देशभक्तहरुलाई चाहिने बताउँदै ओली भन्नु हुन्छ ‘ शहिदको आदर्शलाई सम्मान गरेर पछ्याउनेलाई आन्दोलन चाहिन्छ , लोकतन्त्र ल्याउनकालागि आन्दोलन गरिएको थियो र अव यसको रक्षा र पूणर् स्थापीत गर्दै सफल कार्यान्वायनकालागि हामीले आन्दोलन थालेका छौ ।’ उहाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनकालागि आन्दोलन गर्नु परेको पनि उल्लेख गर्नु भयो ।

गठबन्धनबाट देश जोगाउँ

आम जनताको त्याग र बलिदानबाट प्राप्त भएको यो व्यवस्थामाथी अहिले गठबन्धन नामक झुण्डले आक्रमण गरिरहेको ओलीको टिप्पणी छ । अहिलेको गठबन्धनले सत्ता स्वार्थ राखेको र देशमा चरम भ्रष्टचार बढाएर , महगी बढाएर , देशलाई आर्थीक संकट तर्फ धकेल्ने काम भएकोले यसलाई रोक्न अव गठबन्धनका विरुद्धमा लाग्न आम नागरिकलाई उहाँले अनुरोध गर्नु भएको छ ।

गठबन्धनमा केहि स्वार्थी नेताहरु मात्रै समेल भएको बताउँदै ओलीले जनता कुनै पनि गठबन्धनमा नभएको र आगामी चुनावमा देश बनाउने पार्टि नेकपा एमालेको सरकार बनाउन सहयोग गर्न अपील गर्नु भएको छ ।

प्रचण्ड एक चाटुकार निस्किए

सोहि कार्यक्रमको सम्बोधनका क्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको व्यवहारीक चरित्रको आलोचना पनि गर्नु भएको छ । उहाँले भन्नु भयो ‘नेपाली राजनितीमा पुष्प कमल दाहाल एक चाटुकार निस्किए नाटककार। जसले महान जनयूद्ध भनेर यूवाहरुलाई अल्मलायो ।’

अध्यक्ष ओलीले प्रचण्डप्रति व्याङग्य गर्दै ठुला ठुला सपना देखाएर आफ्नो स्वार्थ पुरा मात्रै पुरा गरेको उल्लेख गर्नु भयो । ‘क्रान्तीका सपना देखाए, परिवर्तनका सपना देखाए तर तीसबै छल थीए ।’ओलीले बताउनु भयो ।

आफु सत्तामा पुग्न अरुको छोरा-छोरीको बलिदान गराएर सत्ता स्वास्र्थको एक भर्याङ मात्रै थियो त्यो जनयूद्ध ’ त्यसबाट कुनै परिवर्तन नभएकोले पनि यो कुराको प्रमाणीत गरेको उहाँको तर्क छ ।

प्रस्तुत छ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इ -रिक्सा दमक नगर कमिटीको नगर अधिबेसनलाई ओलीले गर्नु भएको सम्बोनको पुरा भिडियो

Share: