अधिवेशनको तयारी बारे पत्रकार सम्मेलन 

अनेमसंघ झापाको अधिवेशन तयरी पूरा , भोली अध्यक्ष ओलीले उद्घाटन गर्ने 

FB_IMG_1660905414675

 

 

 

 

बिर्तामोड /

अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । संघले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ ४ र ५ गतेका लागि सम्मेलन आयोजना गरिएको जनाउँदै सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

 

बिर्तामोडमा आयोजना गरिएको सम्मेलनको शनिवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ ।

गृह जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन आएका अध्यक्ष ओली दुई दिनदेखि झापामै छन् ।

 

तीन वर्षे कार्यकाल रहेको अनेम संघको अधिवेशन आठ वर्षपछि हुन लागेको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष जसमाया गजमेरले जानकारी दिनु भयो ।

 

‘अघिल्लो स्थानीय तहको निर्वाचन, पार्टी एकीकरण, कोरोना संक्रमण लगायतका कारण जिल्ला अधिवेशन गर्ने मौकै मिलेन’, पत्रकार सम्मेलनमा अध्यक्ष गजमेरले बताउनु भयो ।

 

सम्मेलनमा दुई हजार महिलाको सहभागिता रहनेछ । सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने र त्यसका लागि सर्वसम्मत प्रक्रिया अवलम्वन गरिने जनाइएको छ ।

 

अनेम संघकी केन्द्रीय सचिव मेनुका काफ्लेका अनुसार झापा जिल्ला कमिटीले यो पटक पार्टी काम र महिला मुक्ति आन्दोलनमा लाग्दा जेल बसेका, हिरासतमा परेका र मरणासन्न हुने गरी यातना पाएका महिलालाई सम्मान गर्ने छ ।

 

अधिवेशनमा अनेम संघको नेतृत्व गरिसकेका जिल्ला अध्यक्षहरुलाई पनि सम्मानको कार्यक्रम राखिएको छ ।

 

अनेम संघकी केन्द्रीय सदस्य पवित्रा निरौलाले आगामी मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर एमालेको पक्षमा जनमत सिर्जना हुने गरी संगठन परिचालन गर्ने नीतिका साथ झापा जिल्ला अधिवेशन आयोजना गरिएको बताउनु भयो ।

 

सम्मेलनमा ४०१ महिला प्रतिनिधि रहेका छन् । क्षेत्र गतरुपमा आएका प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।

 

सम्मेलनमा महिला आन्दोलनका अगुवाहरु मोतिदेवी श्रेष्ठ, कामक्षादेवी बस्नेत, सहाना प्रधान, साधना प्रधान, विदुषी योगमाया न्यौपाने लगायतका तस्वीर राखिने जिल्ला अध्यक्ष गजमेरले जानकारी दिइन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक