पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा कारले ठक्कर दिँदा शनिबार राति एक जना पुरुषको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९६७३ नम्बरको कारले राति ८ः ४५ बजेतिर ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको हो । आन्दाजी ४०/४२ वर्षीय मृतकको पहिचान खुलेको छैन ।
कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि दमक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घाइतेलाई ठक्कर दिने कारमै राखेर उपचारका लागि लगिएको थियो ।
कार चालक मोरङ बेलबारी नगरपालिका–११ का ३९ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । पैदलयात्री अचानक सडकमा निस्कँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।