थप अनुसन्धान जारी

दुई थान पेस्तोल र नगदसहित मोरङमा दुई युवा पक्राउ

download

 

 

 

 

मोरङ — सशस्त्र प्रहरीले दुई थान पेस्तोल, त्यसमा लाग्ने गोली र नगदसहित दुई जनालाई आइतबार राति पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ तरुणचोकका २९ वर्षीय नविन धिमाललाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट सिक्टीबाट खटिएको गस्ती टोलीले सुनवर्षी–८ खेरबारीमा भारतबाट नेपालतर्फ आइरहेका को २७ प ४०६ नम्बरको मोटरसाइकललाई शंका लागि चेक गर्ने क्रममा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले बताए ।

उक्त मोटरसाइकलमा आएका आलमको साथबाट अटोमेटिक चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने म्याग्जिन र १ थान गोली र सिक्सर पेस्तोल एक थान बरामद भएको उनले बताए ।

‘आलमलाई सोधपुछ गर्ने क्रममा उक्त पेस्तोल धिमालले मगाएको बयान दिएका थिए,’ राईले भने, ‘त्यसपछि प्रहरी चौकी सिक्टी र सशस्त्र प्रहरीको संयुक्त टोलीले धिमाललाई रतुवामाई ८ दाम्राभिट्टाबाट नियन्त्रणमा लिन सफल भयौं ।’ को २२ प ६७०७ नम्बरको मोटरसाइकलमा आएका धिमालको साथबाट पेस्तोल खरिद गर्न ल्याएको ४७ हजार ७७० रुपैयाँ नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।

बरामद भएका दुवै मोटरसाइकल, पेस्तोललगायतका सामग्री, नगदसहित दुवै जनालाई कारबाहीका लागि इलाका प्रहरी रंगेलीमा बुझाएको उनले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित