नेपाल बन्द : झापामा आंशकि मात्रै प्रभाव

 

झापा  झापामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव आंशिक परेको बन्दकर्ताहरुले सडकमा निस्किएर अवरोध नगरेपनि साविकभन्दा आज केही कम मात्रामा सवारी साधन चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको का प्रमुख अशोक कुमार जवेगुले जानकारी दिनुभयो ।शिक्षण संस्थाहरु भने बन्द रहेका छन् बन्दले गर्दा विर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टा, धुलाबारी, शनिश्चरेलगायतका शहर बजारमा पसलहरु आंशिकरूपमा खुलेका छन्

सर्वसाधारणलाई आवतजावत गर्नका लागि यातायातको प्रयोगमा समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको अहिले झापामा सामान्य रुपमा गाडी चलिरहेका छन् सडक चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका प्रहरीले जनाएको

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन्

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज महँगी नियन्त्रणलगायतका माग राखेका छन्

Share: