दमक/
पछिल्लो समय तीज पर्व शहरका होटल तथा रेष्टुराहरुमा भव्य तरिकाले मनाउने गरिन्छ । तीज आउनु एक महिना अघी देखीनै तीजसँग सम्बन्धीत कार्यक्रमहरु हुने गर्दछन ।
विभिन्न महिला समुह तथा महिलाहरु कार्यरत संघ सस्थाहरुले पनि तीज अगाडी देखीनै मनाउने गर्दछन ।
पछिल्लो समय महिलाहरु आफै पनि कमाउन सक्ने भएका छन् । त्यसैले तीज एक दिन मात्र होईन साथीसंगीसँग मनाइने गरिएको शहरीया महिलाहरुको दावी छ ।
परावूर्वक कालमा तीजले चेली र माईतीलाई जोड्ने प्रचलन थीयो । तीजको व्रत बस्ने अघील्लो दिन मात्रै सके सम्मका मीठा परिकार पकाएर चेलीहरुलाई खुवाउने गरिन्थ्यो ।
तर अहिले यस्तो छैन । समय सँगै अवस्था र परिस्थिती पनि फेरिएको छ ।
त्यसबेला महिलाहरु आत्मनिर्भर कमै मात्रमा थीए । घर बाहिर निस्केर काम गर्ने अवसर निकै कम महिलाहरुलाई मात्रै थीयो । घरैको चुलो चौको वा त खेतबारीमै महिलाहरुको हरेक दैनिकी बित्ने गर्दथ्यो ।
महिला नेतृ शारदा सापकोटा भन्नु हुन्छ ‘तर अहिले महिलाहरु अत्मनिर्भर भएका छन् । आफै पनि कमाउन सक्ने भएका छन् र आफुले सोचे जसरी खर्च गर्न सक्षम भएकाहरुले बिभिन्न तीज कार्यक्रम मनाइरहेका छन् । यो महिला आन्दोलनको एक उपलब्धी हो ।’
दमक नगरपालिका वडा नं २ को अनेमसघंले शुक्रबार आयोजना गरेको तीज विषेश कार्यक्रममा बोल्दै सापकोटाले अहिले स्वतन्त्र भएर महिलाहरु आफैले तीजका कार्यक्रम गर्नु र गाउँ घरका महिलाहरुलाई घर बाहिर निकाल्न सक्नु र नचाउनु चानचुने कुरा हैन यो महिला उन्मुक्तीकालागि गरिएको आन्दोलनको एक सफलता हो । ’
तर पछिल्लो समय स्वतन्त्रका नाममा महिलाहरुले उत्ताउलो तरिकाले तीज मनाइरहेको प्रति भने उहाँले दुख व्यक्त गर्नु भएको छ । ‘होटलमा गएर मदिरा खादै आफ्नै सस्कार सस्कृतीलाई विकृतीको शैलीमा मनाइरहिएका कार्यक्रमलाई तीज मान्न नसकिने र त्यो महिला आन्दोलनबाट प्राप्त उपलब्धीको दुरुपयोग हो । त्यसो गर्नु पटक्कै हुदैन । ’ सापकोटाले बताउनु भयो ।
यस्तै नेकपा एमाले दमक वडा नं ५ को वडा कमिटीले श्ुक्रबारनै आयोजना गरेको कार्यक्रममा महिला नेतृ तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य समीत्रा भण्डारीले महिला मुक्तिका लागि गरिएका आन्दोलन र त्यसबेला उठाइएका मागहरु अहिले क्रमश पुरा हुँदै गएको उल्लेख गर्नु भयो ।
तीजलाई यसरी खुल्लाम खुल्ला तरिकाले अगाडीनै देखी मनाउन पाउनु पनि आन्दोलनको एक उपलब्धी नै रहेको बताउँदै भण्डारी भन्नु हुन्छ ‘यस्ता पर्वले हाम्रा उपलब्धीलाई रक्षा गर्दै अघी बढ्नु पर्छ दुरुपयोग गर्न भने हुँदैन ।’
हेरौ दुवै कार्यक्रमका क्रममा खिचिएका केकि दृश्यहरुको भिडियो