स्याउ तस्करी मौलायो

नेपाली स्याउ खरिद गर्न आनाकानी गर्ने नेपाली व्यापारी चीनबाट तस्करी गरेर ल्याउँदै

दमक/
हेर्दामा राम्रो नदेखिने भन्दै केहि समय अघी नेपाली किसानले उत्पादन गरेको स्वाउ पूर्वका व्यापारीहरुले फिर्ता पठाएका थीए । अर्गानिक आफ्नै बाराीमा उत्पादन गरिएको हुम्लाको स्याउ ब्यापारीले नकिनिदिएपछि हुम्माबाट आएको ट्रक फर्कने अवस्थामा पुगेको थीयो । तर उपभोक्तो आफैले सो स्याउ बाटैमा खरिद गर्न थालेपछि भने हुम्लाको स्याउ बिक्रि भएको थियो ।

पूर्वका फलफूल ब्यावारीले नेपालको उत्पादनलाई वेवास्था गर्दै चिन , भारत तथा अन्य मलुकुबाट स्याउ आयात गर्ने गरेका छन् । तर त्यो पनि तस्करी गरेर । यो कुराको पुष्टि भएको छ चीनबाट भारतको कोलकाता हुँदै नेपाल भित्राइएको पाँच कन्टेनर चाइनिज स्याउ प्रहरीले शुक्रबार साँझ विराटनगरबाट नियन्त्रणमा लिएपछि ।

भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत नेपाल भित्राइएको स्याउसहित थप तीनवटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका-१३ मलाया रोडबाट नियन्त्रणमा लिइएका पाँचवटा कन्टेनर र तीनवटा ट्रक गरेर आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

 

सम्बन्धित ठाउँमा नपुर्‍याइकन ‘अनलोड’ गरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शंकास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद अवस्थामा एनएल ०१ एई ४७०५, एनएल ०१ एबी २४१०, एनएल ०१ एई ३७२२, एनएल ०१ क्यू २२२२ र एनएल ०१ एन २६६३ नम्बरको कन्टेनर नियन्त्रणमा लिएको हो।

कन्टेनरलाई बाटोमै रोकेर स्याउ ‘अनलोड’ गर्दै गरिएका ना ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १-०२-००१ ख् ८५५६ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

 

चीनबाट आयात गरेर चाइनिज स्याउ भारततिर तस्करी गर्ने गरिएको छ। प्रहरीले बरामद गरेको स्याउ पनि भारततिरै तस्करी गर्नलाई आयात गरिएको हुनसक्ने आशंका छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो