दमक/
एक पटक ६५ हजार रुपैँया सहकारीमा बचत गर्दा एक जना सन्तानलाई एसएलसि सम्मको पढाईमा कुनै पनि शुल्क नलिने र अन्त्यमा त्यो बचत रकम पनि फिर्ता गर्ने अभियानबाट स्थापीत सहकारी तेह्र वर्षमा प्रवेश गरेको छ ।
दमक ९ मा स्थापीत हंस बाहिनी बचत तथा ऋण सहकारी सस्था लिमिटेड २०६५ साल भदौ ५ गते देखी शैक्षिक सहकारी स्थापना गर्ने उद्धेस्यले स्थापना गरिएको थियो ।
शैक्षिक सहकारी आन्दोलनमा रुचि राख्ने ३१ जना जना शेयर सदस्यहरुबाट सुरु भएको यो सहकारीमा अहिले ७ सय जना सदस्य पुगेको छन् ।
तत्कालीन समयमा बिभिन्न कानुनी अवरोध र अप्ठराका कारण आफ्नो लक्ष्य अनुसार काम गर्न नसके पनि शेयर सदस्यहरुमा बचत तथा ऋणको कारोबारलाई भने सस्थाले निरन्तर अघी बढाइरह्यो ।
अत्यन्तै प्रतिस्पर्धि सहकारी बजारमा आफ्नो कारोबारलाई निरन्र्ता दिदै अहिले सम्म सस्था सञ्चालन गरिरहनु लाई यस सस्थाका सेयर सदस्यहरुले सफलता ठानेका छन् ।
सस्थाले आफ्नो वासलतमा अन्य प्रतिदन्द्धी सहकारीको तुलनामा खासै प्रगती गर्न सकेको छैन । भर्खरै स्थापना भएका सहकारीहरुले समेत करोडौको वासलत बनाइराख्दा यो सहकारीको तेह्र वर्ष सम्ममा जम्मा वासलत ७ करोड २५ लाखमा मात्रै बनेको छ ।
यसलाई पनि उपलब्धी मान्ने सस्थाका पदाधिकारी तथा कर्मचारीले अघिल्लो वर्षको भन्दा यो वर्षको वासलत बढाएको तथ्य आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेका छन् । तर अघिल्लो वर्ष जुन मात्रामा अनुमान गरिएको थियो त्यो भन्दा चाहि कम मात्रैको वासलात बनेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ८१ लाख ७६ हजार १ सय ७३ रुपैँयाको यथार्थ वासलात प्रतेवेदन मार्फत देखाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७ करोड ८५ लाख को वासलात बनाउने लक्ष्य राखेको सस्थाले वास्तविकमा भने लक्ष्य भन्दा ५० लाख कम मात्रैको वासलात तयार पार्न सकेको छ । ७ करोड २५ लाख २४ हजार ५ सय ४४ रुपैँया चौरासी पैसाको वास्तविक वासलत सस्थाले तयार पारेको छ । आर्थिक वर्ष २०७९/८०मा सस्थाले ९ करोड ७ लाख २० हजारको कुल वासलात बनाउने लक्ष्य लिएको छ ।
सस्थाले शनिबार आफ्नो तेह्रौ साधारण सभा सम्पन्न गरेको थियो । सो अवसरमा सस्थाले तीज विषेश कार्यक्रम राखेर सदस्यहरुलाई दर पनि खुवाएको थियो । साथै उत्कृष्ट कारोबार गर्ने सदस्य, सदस्यहरुका छोराछोरीले गत वर्षको एसइइमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान पनि गरिएको थियो । साथै जेष्ठ सदस्यहरुलाई नगद सहित सम्मान गरिएको सस्थाका व्यवस्थापक तारा कटुवालले जानकारी दिनुभयो ।
जिल्ला सहकारी सघं झापाका सदस्य तथा मेचि बहुमुखी सहकारी सस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधरण सभाको सञ्चालन सस्थाका सचिव गोविन्द आचार्यले गर्नु भएको थियो ।
अध्यक्ष शंकर प्रसाद दाहालले अध्यक्षको वार्षिक प्रतिवेदन पेष गर्दा लेखा समिती संयोजक लक्ष्मी गौतम(राजु)ले लेखा सम्बन्धीको प्रतिवेदन सभामा पेष गर्नु भएको थियो ।
पेषित सबै प्रतिवेदन सभामा उपस्थित सदस्यहरुले पारित गराएर कार्वान्वायनमा पठाएका छन् ।
सस्थाको तेह्रो वार्षिक साधारणसभामा देखिएका केहि दृश्यहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।










