दुर्घटना

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु 

images (2)

 

 

 

 

तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा आइतबार दिउँसो मोरङको सुन्दरहरैँचा नगरपालिकामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा–४ मा पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–४ का २९ वर्षीय कुमार राईको मृत्यु भएको जानकारी दिए ।

दिउँसो १ः२५ बजेतिर दुर्घटना हुँदा राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक अस्पताल इटहरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि राईलाई धरान लगिएको थियो ।

टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय राजकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।