दमक/
झापाको क्षेत्र न ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यहाँ अन्य दलबाट उम्मेदवार बन्नेहरुका लागि निकै चुनातीपूणर् छ भन्ने गरिन्छ । यद्यपी यो यहि क्षेत्र हो जहाँ २०६४ सालको निर्वाचनमा केपि शर्मा ओली पराजीत हुनु भएको थियो ।
तत्कालीन माओवादी केन्द्रबाट तर्फबाट उम्मेदवार बन्नु भएका विस्वदीप लिङदेनले ओलीलाई हराउनु भएको थियो । तर अहिले लिङदेन माओवादीमा पार्टिमा हुनुहुन्न । आफुले निर्वाचन जीतेको पार्टि परित्याग गरेर उहाँ २०७४ साल देखि नेपाली काग्रेसमा आवद्ध हुनु भएको छ ।
यो पटकको चुनावमा नेपाली कांग्रेस भित्र लिङदेन सहित अन्य दुईजनाको चर्चा चुलिन थालेको छ । यस भन्दा अघील्लो निर्वाचनमा पनि ओलीसँग चुनाव लडेर पराजित हुनु भएका त्रिभूवन विस्व विद्यालयका उप प्राध्यापक डा. खगेन्द्र पाण्डव अधीकारी र अर्का एकजना नेपाली काग्रेसका बिभिन्न भातृ संगठनको नेतृत्व गर्दै पछिल्लो समय पार्टिकै गतिविधिमा सकृय हुनु भएका मेदनी सिटौला ।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष सिटौला यसपटक झापा-५ मा उठ्ने दाबीसहित सक्रियता बढाइरहनु भएको छ । ३५ वर्षदेखि उहाँ कांग्रेसको राजनीति गर्दै आउनु भएको छ ।
अंकगणित कस्तो छ ?
झापा-५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि ८ सम्म, गौरीगञ्जको ३ देखि ६ वडा पर्छ ।
कुल २९ वडा रहेको झापा-५ मा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा जितेको छ । सत्तारुढ गठबन्धनको समर्थन पाएका राप्रपा उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा कांग्रेसले जितेको छ ।
झापा-५ भित्र पर्ने विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत हिसाब गर्दा एमाले पहिलो छ । एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र एकीकृत समाजवादीले १ हजार ९८८ मत ल्याएका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा एमालेको भन्दा ६ हजार ८२१ मत कम छ ।
२०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराउनु भएको थियो । ओलीले ५७ हजार १३९ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । दुई उम्मेदवारबीचको मतान्तर २८ हजार ८४२ थियो ।