"मृत्यु"

  झापामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

 

 

 

बिर्तामोड — जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मंगलबार बिहान १० बजे जंगली हात्तीले आक्रमण गर्दा बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवीबहादुर अधिकारीको मृत्यु भएको हो ।

अधिकारीलाई स्थानीय मनकामना सामुदायिक वनभित्र हात्तीले आक्रमण गरेको थियो । हात्ती आक्रमणबाट गम्भीर घाइते अधिकारीको थप उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

Share: