"थप अनुसन्धान जारी"

मादक पदार्थ सेवन गरीआफैमाथि खुकुरी प्रहार

 

 

 

धरान  सुनसरीको धरान उपमहानगरपालिका १५ नम्बर वडामा एक व्यक्तिले मादक पदार्थ सेवन गरी आफैलाई खुकुरी प्रहार गरेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार चन्द्रबहादुर बराइलीले मापसे गरी बुधबार राति १० बजेतिर आफैलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनेका हुन् ।

पेटमा खुकुरी हानेका कारण आन्द्रासमेत बाहिर निस्किएको प्रहरीले जनाएको छ । घाइते बनेका उनलाई तत्कालै परिवारले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ ।

 

Share: