"फेरिएन नेतृत्व "

फर्निचर तथा फर्निसिङ व्यवासयी संघ दमक: अध्यक्षमा पुनः पाठकनै चयन ,उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ

दमक /
दमक फर्निचर तथा फर्निसिङ व्यवासयी संघको नेतृत्वमा यो पटक पनि परिवर्तन भएन । पुनः अध्यक्षमा युवराज पाठकलाई चयन गर्दओ संघले पुरनै नेतृत्वलाई निरन्तर दिएको हो । संघको शुक्रबार भएको छैठौं साधारणसभाबाट पाठकको नेतृत्वमा सर्वसम्त समिति चयन भएको हो ।

समितिको बरिष्ठा उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष गंगा शर्मा, लक्कि सिटौला र असिम राई चयन हुनु भएको निर्वाचन समिति सम्योजक रोहित आचार्यले जानकारी दिनुभयो ।

समितिको महिला उपाध्यक्षमा रेनुका ओली, सचिव मदन गुरुङ, सह सचिव विनोद अधिकारी र सुनिल अग्रवाल, कोषाध्यक्ष छवि पाठक चयन हुनु भएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा बद्रि राई, कमल शर्मा, जलकुमारी तिम्सिना, गोपाल भण्डारी, दिनेश तामाङ, सुर्य थुलुङ, नरेन्द्र कार्की, पुर्ण राई, उमाकान्त ढुंगाना, भेषराज भट्टराई र मुकेश शर्मा चयन हुनु भएको निर्वाचन समिति सम्योजक आचार्यले जानकारी दिनुभयो ।

Share: