हात्तीबाट सास्ती

झापामा हात्तीको सास्ती : स्कुटिमा चढेकी युवतीको मृत्यु

hatti-elephant2021-08-26-08-08-53

झापा /
झापामा हात्तिबाट सास्ती पाउने घटना नौलो हैन । अझ यहाको मेचिनगर र बुद्धशान्ती गाउपालीका सबैभन्दा प्रभावित पालिका हुन । अन्य स्थानमा रातमा हात्तीले दुख दिने भए पनि यी क्षेत्रमा दिन दहाडै सडकमा निस्किएर दुख दिने गरेको छ ।

यहि क्रममा शुक्रबार साँझ ५ः४० बजेतिर थोप्लेबिरान सामुदायिक बन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक युवतीको  हात्तीको आक्रमणमा मृत्यु भएको छ ।

मेचीनगर–९ मा रहेको थोप्लेबिरानबाट बुद्धशान्ति–५ स्थित घर जाँदै गरेकी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको हो ।

मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखा परेको हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो ।

घाइते अवस्थामा उनलाई उपचारका लागि मेची आम्दा अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भदौ १४ गते बाह्रदशी–१ का ८० वर्षीय देबीबहादुर अधिकारीको पनि हात्तीको आक्रमणमा मृत्यु भएको थियो । अधिकारी स्थानीय मनकामना सामुदायिक बनमा घाँस काट्न जाँदा सो घटना भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।