"गठबन्धनले देश बरबबाद पारेको टिप्पणी "

देशलाई जोगाउनकालागी एमालेको जीत आवश्यक : ओली

दमक/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताकोलागी काम गर्ने सरकार बनाउम एमालेलेनै जित्न पर्ने बताउनु भयो । अहिलेको सरकार दक्षिणपन्थीहरूको गठबन्धनको सरकार भएका कारण देश र जनताको पक्षमा काम नगरेको बताउदै उहाले देश र जनताको भलो चिताउने पार्टी एमालेनै रहेकोले आगामी चुनावमा एमालेलाई बहुमतले बिजयी गराउन आवश्यक रहेको औलाउनु भयो ।

झापाको कमल गाउँपालिकामा भएको राष्ट्रिय युवा संघको कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले भन्नु भयो
‘परमादेशमार्फत बनेको दक्षिणपन्थीहरूको सरकारले देशको हालत बिगारेको छ,’ ओलीले भने, ‘एमालेले चुनाव हारे देशले हार्छ। जनताले हार्छन्, लोकतन्त्रले हार्छ। त्यसैले ४ मंसिरको चुनाव एमालेले जित्नैपर्छ। त्यसका लागि तयारी गर्नुस्।’

जब एमालेले राम्रको काम गर्छ तब एमालेको सरकार ढाल्दै आएको उहाको भनाई छ । ‘२०५२ सालमा पनि एमालेले राम्रो काम गर्दै गर्दा सरकार ढालियो। संविधान निर्माणपछि पनि राम्रो काम हुँदै थियो। माओवादी अर्कोतिर लाग्यो,’ संबोधन्का क्रममा उहाले भन्नू भयो ,‘यसपटक त झन् एमालेले धेरै राम्रो काम गरेको थियो तर माओवादी, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू मिलेर सरकार ढाले।’

Share: