"अब साना परिवर्तनमा जोड दिइन पर्ने "

“देशमा अब ठुला-ठुला परिवर्तन आवश्यक छैन” : महामन्त्री शर्मा

झापा /
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब देशमा ठुला–ठुला परिवर्तन आवश्यक नरहेको बताउनु भएको छ ।
शुक्रबार गृह जिल्ला झापाको बाहुण्डाँगीस्थित आफ्नै निर्वाचन क्षेत्रमा झापाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक अनावरण गर्दै उहाले भन्नू भयो ” देशमा धेरै ठुला–ठुला परिवर्तनहरु भइसकेको छ अब स–साना सुधारहरु आवश्यक छ ।”

“हामीले धेरै खाले परिवर्तनहरु देशमा ल्याइसक्यौं । धेरै शहीदहरुले देश र जनताको लागि रगत बगाउँदै आफ्नो ज्यान गुमाइसके । अब ती शहीदको त्याग र बलिदानले सजिएको सपना पूरा गर्नुछ’, महामन्त्री शर्माले भन्नू भयो ।

देशमा भएका परिवर्तन र उपलब्धिहरुलाई संस्थागत रुपमा संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले देश र जनतालाई समृद्धिको बाटो तर्फ लैजान सबैले आफ्नो स्वार्थ छाडेर अग्रसर हुनेपर्नेमा उहाको जोड थियो ।

Share: