विराटनग मा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

10358204-gangrape_6

 

 

 

विराटनगर / विराटनगर महानगरपालिका-१४ नहरमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। मोरङ प्रहरीका अनुसार साथीको जन्मदिन मनाएर घर फर्किँदै गरेकी किशोरीलाई बिहीबार राति राति ९:४५ बजे पाँच जना युवाको समूहले सामूहिक बलात्कार गरेको हो।मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार साथीको बर्थडे मनाएर घर फर्किँदै गरेकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।बलात्कारमा संलग्न भएको आरोपमा विराटनगर-४ इकराइका २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए। उनका अनुसार अरू चार जना फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ।

जन्मदिन मनाएर प्रेमीसँग मोटरसाइकलमा घर फर्किएकी थिइन्। घर पुग्नुअघी नहरको डिलमा बसेर गफ गरिरहेको अवस्थामा पाँच जनाको समूहले युवतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।दुई युवाले केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो बलात्कार गरेका थिए। पछि ती किशोरीका प्रेमी त्यहाँबाट उम्किएर भागेका थिए। उनले गाउँ पुगेर हो-हल्ला गरेपछि स्थानीयहरू घटनास्थल आइपुगेका थिए। त्यसपछि भने बलात्कारमा संलग्नहरू युवतीलाई छाडेर घटनास्थलबाट भागेका हुन्।ती किशोरी र उनका प्रेमी घाइते भएकाले उनीहरूको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको डिएसपी श्रेष्ठले जनाए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।