प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

aa-1024x576-1

 

 

 

 

विराटनगर  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईकी आमा ८४ वर्षीया धनकुमारी राईको आज बिराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।
भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी निवासी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केहि दिन अगाडि उपचारको लागि हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा  श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने छ ।

राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । राईका तीन छोरा र एक छोरी छन् । मुख्यमन्त्री राई कान्छो छोरा हुन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।