"थप अनुसन्धान जारी"

स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुई जना पक्राउ

 

 

 

झापा  लागु औषध ब्राउन सुगर बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरू नाताले दाजु बहिनी हुन् ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान ११ बजे अप्सराको घरमा लागु औषध खनताल गर्न पुगेका थिए ।

अप्सराको घरमा लागु औषध बरामद नभए पनि ब्राउन सुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई  इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यता प्रहरीका अनुसार केही दिनअघि काठमाडौँमा २४० ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी थिइन् ।

ती महिलाले झापाकी अप्सराबाट ब्राउन सुगर खरिद गरी ल्याएको प्रहरीलाई बयान दिएकी थिइन् । सोही बयानको आधारमा काठमाडौँ प्रहरीले झापा प्रहरीलाई अप्सरालाई पक्राउ गर्न पत्राचार गरेको थियो ।

 

Share: