दमक/
आगामी प्रतिनिधि सभाको नर्वाचनका लागि नेकपा एमाले झापा क्षेत्र नं ५ ले पार्टि अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको नाम सर्वसम्मले सिफारिस गरेको छ । मंसिर ४ गते हुने निर्वाचनमा पार्टिको क्षेत्रीय कमिटीको आज दमकमा बसेको बैठकले ओलीको नाम सर्वसम्मतले सिफारिस हो । पार्टिले भावी प्रधानमन्त्रीका रुपमा समेत ओलीलाई अघीसारेको र त्यहि अनसुसार उहाँको नाम सर्वसम्मतीले सिफारिस गरेर पठाइएको नेकपा एमाले क्षेत्र नं ५ झापाका क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिनुभयो ।
यो सहित झापाको क्षेत्र नं १ मा रबनि कोईरालाको नाम पनि सर्व-सम्मतले सिफारिस गरिएको नेकपा एमाले झापाले जनाएको छ । यस्तै क्षेत्र नं २ मा चार जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा पूर्व महान्याधिवक्ता तथा नेकपा एमालेका झापा इन्चार्ज अग्नि खरेल, नेकपा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे , वर्तमान प्रतिनिधि सभा सदस्य पबित्रा निरौला र विर्तामोड नगरपालिकाका नि वर्तमान प्रमुख ध्रुव कुमार सिवोकटिको नाम सिफारिस भएको छ । क्षेत्र नं. ३ बाट प्रतक्ष्यतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईसहित ५ जनाको नाम सिफरिस गरेको छ ।
नेकपा एमाले ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन केन्द्रीय सदस्य प्रसाईं, प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्य हरि घिमिरे, जिल्ला विभागका सदस्य लोकनाथ भट्टराई र क्षेत्रीय समन्वय कमिटीका सदस्य गंगा धमलाको नाम उपल्लो कमिटीलाई सिफारिस गरिएको प्रदेश कमिटी सदस्य माधब बिद्रोहीले जानकारी दिनुभयो । यता क्षेत्र नं ४ वर्तमान प्रतिनिधिसभा सदस्य एलपि सावाको नाम सर्वसम्मती भएको छ। क्षेत्र नं ४ को क्षेत्रिय कमिटीको आज बसेको बैठकलले क सावाको नामलाई सर्व सम्मत सिफारिस गरि उपल्लो पार्टि कमिटीमा पठाइएको नेकपा एमाले क्षेत्र नं ४ का संयोजक ख्यामनाथ मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।
झापा क्षेत्र नं ५ को भेलाको निणर्य र त्यसपछि प्रमुख अतिथी नेकपा एमालेका स्थाई कमिटी सदस्य हिकमत कुमार कार्कीले ब दिएको मन्तव्यको छोटो हंसको भिडियो यहाँ राखीएको छ ।