दमक/
गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएका दमक ९ निवासी दिपक नेपालको परिवारले दावि गरे बराबरको विमा रकम भुक्तानी गरिएको छ । सन नेपाल लाईन इन्स्यूरेन्स कम्पनीमा नेपालले विमा गरेको र त्यसकालागि परिवारले किरिया खर्च वापत ५० हजार र बिमाङकको २ प्रतिशत रकम फिर्ता गरिएको हो ।
नेपालले छोरी दक्षता नेपालको नाममा ५ लाख रुपैँया बराबरको बाल समृद्धी जीवन बिमाको पोलेसी लिनु भएको थियो । यो पोलेसी अनुसार बिमितको अभिभावक मृत्यू भएको खण्डमा बालबालिकाले बिमा गरिएको रकम बराबरको २ प्रतिशत प्रत्येक महिना पाउने प्रावधान छ ।
सोहि बमोजीम मृतक नेपालकी छोरीले ५ लाख को दुई प्रतिशतका दरले दुइ महिनाको रकम २० हजार प्राप्त गर्नु भएको छ । छोरीको आफ्नै खाता नभएका कारण बीमितको संरक्षक/ आमा जुना कोइराला(नेपाल)को नाममा रकम भुक्तानी गरिएको सन नेपाल लाईफ इन्स्यूसेन्स कम्पनीका दमक शाखा प्रबन्धक ज्योती भट्टराईले जानकारी दिनुभयो ।
नेपालको परिवारलाई मंगलबार इन्यूरेन्स कम्पनीको कार्यालयमा छोटो कार्यक्रमको आयोजना गरेर काज किरिया वापतको ५० हजार र बिमाङको २ प्रतिशतबाट हुन आउने १० हजारका दरले दुई महिनाको २० हजार गरि कुल ७० हजार रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।