दमक/
पछिल्लो समयमा नेपाली राजनितीमा आरजु राणको सकृयतालाई विभिन्न दृष्टिकोणबाट हेर्न थालीएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी राणका पछिल्ला केहि अभिव्यक्ति र उहाँको विभिन्न देशमा भएका भ्रमणका बारेमा विभिन्न कोणबाट बहस हुन थालेको हो ।
नेपाली काग्रेसको सस्थापन इतर पक्षले राणको सकृयतालाई संकास्पद तरिकाले हेरिरहेको समयमा प्रमुख प्रतिपक्ष दलका नेताहरुले पनि त्यो आशंकामा सत्यता हुन सक्ने भन्दै सजग हुन सुझाई रहेका छन् ।
सोमबार झापाको दमकमा नेकपा एमालेको क्षेत्र नं ५ को बैठक आह्वान गरिएको थियो । पार्टिको क्यालेण्डर अनुसार सो दिन देशैभरबाट प्रतिनिधिसभाका लागि आकाक्षी उम्मेदवारहरुको नामावली उपल्लो कमिटीमा पठाउने दिन थियो । यहाँबाट पार्टि अध्यक्ष केपि ओलीलाई सर्व-सम्मत सिफारिस गरियो ।
यो कार्यक्रमको प्रमुख अतिथी रहनु भएका पार्टिका स्थाई कमिटी सदस्य हिकमत कुमार कार्कीले नेपाली काग्रेसभित्र आरजु राणको प्रवेशको केहि पृष्ठभूमि र वर्तमान उहाँको सकृयताका बारेमा निकै गम्भिर तरिकाले प्रस्तुत गर्नु भयो ।
आफु विद्यार्थी राजनितीमा रहेका बेला शेर बहादुर देउवाको विवाह एक राण खानदानकी कटिसँग पश्चिमा देशका दुतावासहरुको सकृयता र सहभागीतामा हुन लागेको भन्ने उहाँले त्यसैबेला थाह पाउनु भएको थियो । त्यतीबेला उहाँले यस घटनालाई अन्य नेताको जस्तै सामान्य विवाहका रुपमा मात्रै बुझेको स्मण गर्नु हुन्छ । तर त्यसबेला आरजु र देउवाको विवाहमा पश्चिमा मुलकु र भारतकै दुतावासको सकृयता किन बढेको रहेछ भन्ने कुरा अहिले आफुले प्रष्ट हुने गरेको कार्की बताउनु हुन्छ ।
आरजुले विभिन्न देशि -विदेशी मार्फत एनजिओको नाममा बजेट ल्याउने र नेपालको हर गोपनियता विदेश पुर्याउने काममा सहयोग गरेको तथ्य पुष्टि हुन थालेको नेता कार्कीले कार्यक्रमका क्रममा बताउनु भयो । यसले नेपालमा विदेशीले सहयोग गरेकोजस्तो गरेर हर क्षेत्रमा आफ्नो प्रभुत्व जमाईरहेका छन् ।‘हामी गाउँमा एम्बुलेन्स दिएकोमा मख्ख पर्छौ, कुनै विद्यालयको भवन निर्माण गरिदिएकोमा मख्ख पर्छौ तर त्यसबाटै हाम्रो राष्ट्रियता र स्वाधिनता कसरी बिक्रि भइरहेको छ भन्नेबारेमा भने कहिलै सोच्नै सकेनौ ’ नेता कार्कीले भन्नु भयो यसमा सबैभन्दा बढी काम गर्ने आरजु राण र राणलाई सहयोग र संरक्षण गर्ने प्रधानमन्त्री देउवा रहेको उहाँको दावी छ ।
यसरी विभिन्न विदेशी शक्तिको चङ्गुलमा फसेर देशको स्वाधिनता माथीनै खतारा पारिरहेको पात्रलाई नेपाली काग्रेसले भावी संसदिय दलको नेताको रुपमा प्रस्तुत गर्दै प्रधानमन्त्री बनाउने खेलमा लागेको कार्कीले टिप्पणी गर्नु भयो ।
‘केहि दिन अघी राणा भारत भ्रमणमा गएको र त्यहिबाट प्रचण्ड लगायत अन्य नेताहरुलाई भारतमै बोलाएर नागरिकता विधेयकलाई दु्रत मार्गबाट पास गराउनु यसको ज्वलन्त उदाहरण रहेको छ ।’ उहाँले बताउनु भयो ।
यसरी हरेक कोणबाट राणले देशको स्वाधिनतामा आँच पुग्ने काम र व्यवहार देखाइराख्दा समेत नेपाली काग्रेसका सस्थापन इतर पक्ष मौन बस्नु कतै समर्थन तै गरिएको हैन भन्दै उहाँले संकोच व्यक्त गर्नु भएको छ । देश बचाउने हो भने आरजु राणा र काग्रेस साथै पछिल्लो समय गठबन्धनका नाममा खोलीकाऐ पसलका दोकानेदारहरुलाई आगामी चुनावबाट जनतालेनै हटाउनु पर्ने पनि उहाँले बताउनु भयो ।
नेता कार्कीको भनाई यो भिडियोमा समेटिएको छ