नुहाउदै गरेको किशोरीको नग्न भिडियो खिचेको आरोपमा ३२ बर्षिय मिलन परियार पक्राउ

download (32)

 

 

विराटनगर बाथरुमा नुहाउदै गरेको किशोरीको नग्न भिडियो खिचेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका २ का ३२ बर्षिय मिलन परियार रहेका छन् ।

पथरीशनिश्चरे बसेर कक्षा ११ पढ्दै गरेकी १६ बर्षिय किशोरी आफन्त घरमा बस्दै आएकी थिईन् । उनी बाथरुममा नुहाउदै गर्दा परियारले भिडियो खिचेका थिए ।

बाथरुममा नुहाउदै गर्दा परियारले आफ्नो मोबाइलबाट भिडियो खिचेको अनुसन्धानका क्रममा बताएका छन् ।

घरको भ्यान्टिलेसनको सानो छेँडीबाट लुकेर भिडियो खिचिरहेको देखेपछि किशोरी चिच्याउदै बाहिर निस्केकी थिइन् । भिडियो खिच्ने परियारको मोबाइल खोसेर हेर्दा ३ र १ मिनेटको गरी जम्मा ४ मिनेटको भिडियो बनाएको छिमेकीले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन