दमक/
पछिल्लो समय झापा तथा पूर्वि मोरङका बिभिन्न स्थानमा स्वास्थ्य शिविरहरु आयोजना हुने गरेका छन् । त्यसमा शिविर र शिविरले दिने सेवाका आधारमा विभिन्न अस्पताल तथा अन्य प्राविधिक केन्द्रबाट सहयोग हुँदै आएको छ । यस काममा दमक र आसपासको क्षेत्रमा दन्त शिविरको आयोजना हुँदा सबैभन्दा पहिला अग्रसर्ता देखाउँछ ओम शान्ति डेण्टल हस्पिटल दमकले ।
यूवाहरुको सकृयतामा स्थापीत यो डेण्टल हस्पिटलले स्वास्थ्य शिविरमा गएर बिरामीको दाँतको परिक्षण मात्रै गर्दैन । त्यसकालागि औषधिको पनि व्यवस्थापन गर्दै आएको छ ।
यसबाट गाउँ तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने वर्गहरु बढी लाभान्वित हुने गरेका छन् । साथै बालबालिकाको जमात हुने स्थानहरुमा पनि यो अस्पतालले शिविर गर्ने गरेको छ ।
पछिल्लो समय बालबालिमा देखिएका र देखिन सक्ने दन्त सम्बन्धीका समस्याको पहिचान र त्यसलाई अव कसरी समाधान गर्ने भन्नेबारेको अध्ययनका लागि पनि यस प्रकारको शिविरहरु गर्दै आएको अस्पतालका सञ्चालक कमल गैरेले जानकारी दिनुभयो ।
मंगलबार विद्याज्योती बोर्डिङ सेकेण्डरी स्कुलमा शिविर सम्पन्न गरेको अस्पतालले त्यहाँ रहेका २ सय ७८ जना विद्यार्थीहरुको निशुल्क परिक्षण गर्यो ।
बालबालिकामा देखिएका नयाँ खालका समस्याको पहिचान गर्न स्वास्थ्य शिविर महत्वपूणर् रहेको र बालबालिकाहरुलाई सजग गराउन पनि यसले मद्यत पुर्याउने विस्वास अस्पतालको छ ।