बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ

 

 

 

झापाको बिर्तामोडमा  प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ निवासी १९ वर्षीय कालु दास रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले उनलाई बिर्तामोड- ३ बाट १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 

Share: