थप अनुसन्धान जारी

मोरङको लेटाङमा तीन जना बालिका बेपत्ता

Bepatta

 

 

 

मोरङको लेटाङमा तीन जना बालिका सम्पर्कविहीन बनेका छन् । शनिबार बिहान ११ बजेतिर घरबाट हिँडेका उनीहरु भोलिपल्ट बिहानसम्म फर्किएका छैनन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको हो । अघिल्लो दिन घरबाट हिँडेका तीनै जना आज (आइतबार) बिहानसम्म अभिभावकको सम्पर्कमा नआएको श्रेष्ठले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु फुटबल हेर्न भनेर घरबाट निस्किएका थिए । तर गाउँमा फुटबल प्रतियोगिता आयोजना भएको छैन । अभिभावकलाई ढाँटेर घरबाट निस्किएका उनीहरु कहाँ गए भन्ने बारेमा केही पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अभिभावक, आफन्त र स्थानीयको सहयोगमा खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको डिएसपी श्रेष्ठको भनाइ छ । प्रहरीले घटनाका बारेमा आइतबार बिहान मात्रै जानकारी पाएको हो । श्रेष्ठका अनुसार अभिभावक र आफन्तले रातभर खोजी गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई घटनाको जानकारी गराएका हुन् ।

‘शनिबार बिहान घरबाट निस्किएका बालिकाहरु साँझसम्म नफर्किएपछि अभिभावक र आफन्तले खोजी थालेछन् । तर रातभर खोज्दा पनि फेला पार्न सकेनन्,’ उनले भने, ‘भोलिपल्ट बिहान मात्रै प्रहरीलाई घटनाको जानकारी गराइयो । प्रहरीमा घटनाको जानकारी नै ढिलो आयो ।’

श्रेष्ठका अनुसार विभिन्न ठाउँमा हुलिया परिपत्र गरेर तीनै जनाको खोजी जारी राखिएको छ । तर सम्पर्कविहीन बनेका बालिकाहरुको अवस्था पत्ता लाग्न नसकेको उनले बताए । तीनै जना लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत थिए ।
 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन