"पुल नहुदा कष्टकर यात्रा"

‘झापाको बिरिङ खोला , जहाँ ६ वर्षदेखी जोखिमयूक्त डुङ्गाबाट यात्रा गर्नुपर्छ ’ (स्थलगत भिडियो)

कामाटोली /
राष्ट्रिय गौरवको आयोजनामा पर्ने हुलाकी राजमार्गमा आवश्यक पर्ने पुलहरु अझै बनिसकेका छैनन् । जसका कारण यो सडक बनिसके जति ठाउँमा पनि सञ्चालन हुनै सकेको छैन ।

झापाको झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको सिमानामा पर्ने बिरिङ खोलामा पुल बनिरहेको छ । यो पुल अहिले भर्खरै मात्र बनेको चाहि होईन । पुल निर्माण सम्पन्न गर्ने मिती सकि सकेको छ ।

तर पुलले अझै पूणर्ता पाएको छैन । ठेकेदारको लापर्वाहिका कारण यस क्षेत्रका नागरिकले दैनिक सास्ती खेपीरहनु परेको छ । सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघी बढाएपनि स्थानिय बासिन्दाले भने स्थानीय समस्याबाटै समस्या भोगीरहेका छन् । उनीहरु यहाँबाट सामान्य वारी-पारी गर्न पनि निकै कष्टकर तरिकाले यात्रा गर्न बाध्य छन् ।

यहाँ पुल बनेको ठाउँ भन्दा करिव २ सय मिटर उत्तर तर्फ एउटा भाटा र काठ लगाइएको डुङ्गा चल्छ । अत्यन्तै कष्टकर र जोखिमयूक्त यात्रा गर्न यस क्षेत्रका नागरिक बाध्य छन् ।

अझ रोचक कुरा के छ भने यो जोखिमयूक्त डुङ्गा तिरेको सर्वसाधारणले शुल्क तिर्नु पर्छ । अनी डुङ्गा सञ्चालकबाट स्थानिय सरकारले कर पनि लिन्छ ।
यहाँ यात्रुमात्रैले २० रुपैँया, साईकल यात्रुले ३० रुपैँया र मोटरसाईकल सहितका यात्रुले ५० रुपैँया तिर्नु पर्छ । ठुला तथा चार पाङ्गे सवारी साधन भने यहाँ पुल नभएका कारण वारी पारी गर्न सक्दैनन् । डुङ्गाले थेक्दैन ।

अनी स्थानिय सरकार झापा गाउँपालिकाले वार्षिक १ लाख पचार हजार रुपैँया कर लिने गरेको छ ।

वीरगञ्जको पप्पु कन्स्ट्रक्सनले विरीङ पुलको २०६८ वैशाखमा निर्माण गर्ने जिम्मा लिएको थियो । तर जिम्मा लिएको ११ वर्षमा पनि यो पुलले अझै पूणर्ता पाएको छैन । १५ करोड ५० लाख मुल्यामा लागेको ठेक्का अहिले अलपत्र जस्तै बनेको छ । ३ सय १९ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दा समेत पुल निर्माण भएको छैन ।

बिरिङ नदिमा बास र काठको डुङ्गा चढ्दा त्यहाँका यात्रुले कस्तो जोखिम बहन गर्ने गरेका छन् र डुङ्गा कसरी चल्छ भन्नेबारेमा उज्यालो खवरले फिल्डमै पुगेर स्थलगत भिडियो तयार पारेको छ । जुन भिडियोको लिङ यहाँ राखीएको छ ।

 

Share: