पहिरोले मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक अवरुद्व 

 

 

 

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुर खण्डमा गएको पहिरोका कारण मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड अवरुद्व भएको छ । सोमबार राति सडकभन्दा करिब ३० मिटर माथिबाट खसेको पहिरोसँगै सडकमा थुप्रिएका ढुंगाका कारण सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि फिदिमबाट ताप्लेजुङसँगै ताप्लेजुङबाट पाँचथर इलाम र झापा हुँदै विभिन्न स्थान हिँडेका दर्जनौँ सवारी साधन अलपत्र परेका छन् । केही ढुवानीका साधन पनि बाटैमा रोकिएको स्थानीयले जनाएका छन् ।

पहिरो पन्छाउन सडक विभागले एक्स्काभेटर पठाइसके पनि बाटो खुल्न मध्यान्हसम्म लाग्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो