दमक/
लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्र्तगत झापाको कमल गाँउपालिका वडा नं. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । क्लव कोशाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घर परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो ।
चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, चीनि लगायतका दैनिक अत्यआवश्यकीय उपभोग्य सामाग्रिहरु प्रतिपरिवार कम्तिमा पनि १ महिना पुग्ने गरी उपलब्ध गराईएको क्लवका अध्यक्ष अशोककुमार अग्रवालले बताएकाछन् ।
तडकभडक तथा होटलहरुमा गएर जन्मदिन मनाउनेभन्दा अति विपन्न परिवारलाई सानो सहयोग गरेर भएपनि जन्मदिन मनाउने सोच अनुसार लायन्स क्लव अफ झापा मार्फत आफुले खाद्यन्न उपलब्ध गराएको साहेवालाले बताएकाछन् ।
खाद्यन्न बितरण कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले दिर्घ रोगी अपाङ्ता भएका अति बिपन्न परिवारलाई लायन्स क्लव मार्फत खाद्यन्न बितरण अभियानको रुपमा चलाउदै आएको पाईएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
लायन्स लिडरहरु अजयकुमार अग्रवाल, दिवस राई, कमल उदास लगायतले जन्मदिनको अवसरमा शुभकामना सहित जन्मदिन यस प्रकारले मनाउने सस्कृतीको विकास लायन्सकर्मीहरुले गर्दै आएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । स्थानीय सामाजिक अगुवा युवा दिपक खडकाले कार्यक्रमको सहजिकरण गरेका थिए । पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
