दमक/
झापाको दमकमा एकजना ब्याक्ती बुधबार दिउँसो मृत अबस्थामा फेला परेका छन । दमक नगरपालिका वडा नम्बर १० स्थित रिङ रोडको पश्चिम तर्फ पेरेया डागीमा ती ब्यक्तिको शव फेला परेको हो ।
उमेरले करिव ५५ वर्ष जस्ता देखिने ती ब्यक्तिको शव छेउमा रातो रङको डाली भएको साइकल समेत रहेक छ । उहाको घाटिमा कन्ठी समेत बाधिएको अब्स्थामा शव फेला परेको र तत्कालै प्रहरिलाई खबर गरिएको दमकको वडा नम्बर १० कि महिला सदस्य भुमिका आचार्यले उज्यालो खबरलाई जानकारी दिनु भयो ।
मृतकको अहिलेसम्म पहिचान समेत खुल्न नसकेका कारण परिवार सम्म यो खबर पुर्याउन असहज भएको मुचुल्का गरेर फर्किएको इलाका प्रहरी कार्यालयको प्रहरी टोलिले जनाएको छ ।
आफन्त र परिवारका सदस्य खोजी कार्य जारी रहेको दमक प्रहरिले बताएको छ ।
मृतकको शबलाई अहिले पोस्टमार्ट्म गर्नकालागी दमक अस्पतालमा राखिएको छ । तर अहिलेसम्म आफन्त कोहि पनि आईनसकेकोले पोस्टमार्टम गर्न बाकी नै रहेको अस्पताल प्रशासनले जनाएको छ ।