स्वास्थ्य कार्यालय झापामा डेंगु रोगका बिरामीको यथार्थ तथ्याङ् नै छैन

sero04kktp8zysdvlksi (1)

 

 

 

 

भद्रपुर  झापामा सबैभन्दा बढी डेंगुका बिरामी बिर्तामोड र मेचीनगरमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयले २६ जना डेंगु सङ्क्रमणका बिरामी रहेको जानकारी दिएपनि जिल्लामा ३० जना विरामी उपचाररत रहेको विभिन्न अस्पतालले उपलब्ध गराएको  तथ्याङ्कले पुष्टि गरेको छ ।

बिर्तामोडमा १२ , मेचीनगरमा ६, कनकाईमा २, हल्दिबारीमा १, अर्जुनधारामा १, दमकमा ४ जना बिरामीमा डेंगु देखिएको छ । भने आोम साई भद्रपुरमा  ४ जनाले उपचार गराइरहेका छन्  । जुन तथ्याङ्क स्वास्थ्य कार्यालयमा छैन ।  निजी अस्पतालहरूले विवरण नपठाउँदा तथ्याङ्मा एकरूपता आउन नसकेको भन्दै  स्वास्थ्य कार्यालय पन्सिदै आएकोे छ ।

डेंगु सङ्क्रमण महामारीको रुपमा फैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागिमा स्थानीय निकायले अहिलेसम्म कुनै अभियान सञ्चालन गरेको छैन ।

ओम साई भद्रपुरमा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भइ उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी मनोज दाहालले बताए । जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार जिल्लामा २६ जना डेंगु सङ्क्रमणका बिरामी रहेको बताउँछन् ।  विरामीको विभिन्न अस्पतालमा  उपचार भइरहेको उनले बताए । जिल्लामा धेरै विरामी भएपनि जानकारीमा २६ जना मात्र आएको उनले बताए  । सङ्क्रमण देखिएमा तत्काल खबर गर्न सवैै पालिकाका स्वास्थ्य शाखालाइ जानकारी गराइसकिएको उनले जनाए ।

उनले दिएको तथ्याङ्कमा ओम साईमा उपचाररत् बिरामी छैनन् । ओम साईका चार जना जोड्दा डेंगुका बिरामी ३० पुग्छ ।  निजी अस्पतालहरूले विवरण नपठाउँदा तथ्याङ्कमा एकरूपता आउन नसकेको उनको भनाइ छ  ।

भद्रपुरमा डेंगुका बिरामी भेटिए पनि भद्रपुर स्वास्थ्य शाखासँग बिरामीको अपडेट छैन । मेची अस्पताल र नगर स्वास्थ्य चौकीहरूमा अहिलेसम्म डेंगु सङ्क्रमणका बिरामी पुष्टि नभएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । निजी अस्पतालले विवरण नपठाउँदा अपडेट नभएको उनको भनाइ छ  । डेंगु किट अभावका कारण पृथ्वीनगर र चन्द्रगढी स्वास्थ्य केन्द्रमा राखिएको ल्याबमा पनि डेंगु परीक्षण हुन नसकेको उनको भनाइ छ । डेंगु नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत शनिबारदेखि सबै वडामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गर्न लागेको उनले बताए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले तीन दिन अघि मात्र स्वास्थ्य कार्यालय झापालाई ५५० किट पठाएको छ । त्यसमध्ये २०० किट बिर्तामोड नगर अस्पताललाई पठाएको डेंगु फोकल पर्सन दासले जानकारी दिए । स्वास्थ्यसँग अहिले ३५० किट मौजाद रहेको उनले जनाए । बिहीबारदेखि जिल्लाका १५ वटै स्थानीय तहलाई १०÷१० वटा किट वितरण सुरु गरिएको उनको भनाइ छ । लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गर्न मन्त्रालयले परिपत्र जारी गरे पनि जिल्लामा सो अभियान शुरु हुन नसकेको उनले स्वीकारे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । मन्त्रालयले निर्णय गरे पनि अहिलेसम्म जिल्लामा सो अभियानले तीव्रता नपाउँदा रोगको सङ्क्रमण बढ्दै गइरहेको छ  ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।