चौवीसै घन्टा खुल्ला

गुनासो सुन्न विराटनगर महानगरमा कल सेन्टर सुरू

hotline-ko-photo-1

 

विराटनगर । महानगरबासीको गुनासो सुन्न र सम्बोधन गर्न विराटनगर महानगरले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने मेयर नागेश कोइरालाको भनाइ छ । हटलाइन सेवा चौवीसै घन्टा खुल्ला रहनेछ । ‘महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासो हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्नुहुनेछ,’ मेयर कोइरालाले भने, ‘आएका गुनासा र सुझावलाई सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ ।’

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेर समेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए । उनका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

हटलाइनको व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर मेयर र उपमेयरसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन