"घरघरमा दीपावली गर्न अपिल"

संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम

 

 

विराटनगर । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछी सम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपी संविधान दिवस मनाइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले  बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरे ।

केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन)सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताए

वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरुलेले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् ।

सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संविधानसंगैको सङ्घीयताले विकासका गतिविधि चलायमान बनाएको बताए । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री कार्कीले केन्द्रीकृत मानसिकताबाट ग्रसित मुलुकमा संविधानसँगैको सङ्घीयताले बिकेन्द्रित बनाएको बताए ।

घरघरमा दीपावली गर्न अपिल
प्रदेश सरकारले दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ । यस्तै सरकारले मङ्गलवार दीपावली गरेर दिवस समापन गर्ने छ । २०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ ।

 

Share: