अभिनेत्री दीपाश्री निरौलालाई माफि दिन महानायक हमालले गरे आग्रह

raje

काठमाडौँ । महानायक राजेश हमालले अभिनेत्री दीपाश्री निरौलालाई माफि दिन सबैमा आग्रह गरेका छन् । मंगलबार राती एक भिडियो सन्देश सार्वजनिक गर्दै महानायक हमालले आफ्ना फ्यानलाई भनेका छन् –‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’ महानायक हमालले आगामी दिनमा प्रतिक्रिया दिँदा संयमित हुनका लागि पनि आग्रह गरेका छन् ।

दर्शक आफ्ना भगवान् भएको भन्दै कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राखेको बताए । कलाकार र दर्शकको नगं र मासुको सम्बन्ध रहेको बताउँदै राजेशले दीपाको नाम नै उल्लेख नगरी सार्वजनिक मञ्चमा दिएको अभिब्यक्तिपछि भावुक हुँदै भने ‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको