"मासु पसलको अनुगमन"

माछा–मासु पसलको अनुगमन,खसीको भन्दै बाख्राको मासु बिक्री

 

 

विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेच्ने गरेको पाइएको छ । मंगलबार महानगरपालिकाले माछा मासुको पसल अनुगमन गर्ने क्रममा यस्तो पाइएको हो ।

केही हप्तादेखि खाद्यन्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले मंगलबार माछा–मासु पसलको अनुगमन गरेको छ ।

महानगर नेतृत्वको टोलीले विराटनगरस्थित पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायत आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेलले जानकारी दिए ।

उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइयो, पौडेलले भने, ‘हामीले बाख्रा र सडेगलेको कुखुराको मासु पनि जफथ गरेका छौं ।’

त्यस्तै सदाम मिट सेन्टरबाट कम तौल भएको ढक पनि अनुगमन टोलीले जफथ गरेको छ ।  कतिपय पसलले नविकरणसमेत नगरेको पाइएकाले तत्कालै नविकरण गर्न निर्देशन दिइएको पौडेलले बताए ।

अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, महानगरका खाद्य प्राविधिक धीरज राईलगायत सहभागिता रहेको थियो ।

 

Share: