"बजार अनुगमनमा सक्रियता "

दमक बजार अनुगमन : म्याद गुज्रिएका बस्तु अत्याधिक

दमक/
झापाको दमकमा रहेको बजारका विभिन्न खाद्य पसलहरुमा म्याद गुज्रिएका बस्नु बिक्री बितरण भई रहेको खुलेको छ ।

दमक नगरपालिकाले चार्डपर्व लक्ष्यित बजार अनुगमन गर्दा अधिकांश खाद्य पसलमा म्याद गुज्रिएका खाद्य सामाग्री बिक्रीवितरणकालागि राखिएको अबस्थामा भेटिएको हो ।

नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण साखाका खाद्य निरीक्षक पवन पराजुलीका अनुसार चार्ड पर्वमा कोहि पनि उपभोक्ता ठगिन नपरोस भनेर नियमित अनुगमन गरिएको हो ।

असोज चार गते बाट सुरु गरिएको अनुगमनमा अहिलेसम्म ४० भन्दा बढी पसलहरुको अनुगमन गरिएकोछ ।
” हामीले असोज ४ ,५ र ६ गते सम्ममा विभिन्न होटेल, किराना पसल, होलसेल पसलमा अनुगमन गरिएको र अधिकांश खाद्द पसलहरुमा कैफियत भेटिएको छ ।” पराजुलीले उज्यालो खबरसगको कुराकानीमा बताउनु भयो ।

कैफियत भेटिएका पसलहरुलाइ पहिलो चरणमा चेतावनी दिइएको र पुनः भेटिए जरिवाना तिराउने उहले बताउनु भयो ।

नगर प्रमुख राम कुमार थापा को संयोजकत्वमा दमक नगरपालिकाद्वारा आयोजित एवम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, नापतौल कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, इलाका प्रशासन कार्यालय दमक र इलाका प्रहरी कार्यालय दमकको सहकार्यमा सामुहिक बजार अनुगमन गरिएको हो ।

Share: