"समृद्ध झापा ४ को सुरुवाती सुधारहरु"

झापा ४ : एल पि सावाको पहलमा विकासका आधार तय हुँदै( भिडियो सहित)

दुधे/
पूर्वमा झुल्केको घाम कन्काई माईमा झरेको कति सुन्दर देखिन्छ ? हराभरा जंगल, चुरे क्षेत्रको मनमोहक दृश्य दोमुखा, जामुनखाडी, चिल्लागढ र सतासाीधाम, रानीवन, कोरोवारी सिमसार, कोटीहोम, धनुष्मुरी
। विभिन्न जाती संस्कृति धर्म परम्परा । झापा जिल्ला क्षेत्र नं. ४ यस्तै भौगोलिक, धार्मिक र साँस्कृतिक विविधता भएको ठाउँ हो । शिवसताक्षी न.पा. कन्काई न.पा, झापा गा.पा र गौरिगन्ज गा.पा का २ वटा वार्ड र गौरादह न.पाको १ वार्ड गरि जम्मा २८ वटा वार्डहरु समेटिएर झापा निर्वाचन क्षेत्र नं. ४ बनेको छ ।

यतिका धेरै प्राकृतिक श्रोत साधनभएको ठाउँ केहि वर्ष अघि सम्म आर्र्थिक, शैक्षिक तथा विकासका पुर्वाधारहरुमा निकै पछि परेको ठाउँको रुपमा हेरिन्थ्यो । तर अहिले भने अवस्था फेरिसकेको छ । यो अवस्था फेरिन कुनकुन क्षेत्रमा के के काम भए त ? यहाँका जनता, स्थानीय सरकार र जनप्रतिनिधीहरुले कस्तो भुमिका निर्वाह गरे ?

समाज विकसित हुन जनता शिक्षित हुन आवश्यक छ । समय सुहाउँदो प्राविधिक तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता हो भन्ने कुरालाई यहाँका बासिन्दा र सरकार समेतले स्पष्ट बुझेका छन् भन्ने प्रष्ट देख्न सकिन्छ । उदाहरणका लागि, यस क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरुलाई देशकै नमुना विद्यालयका रुपमा घोषणा गरि निर्माणको क्रममा छन् । तर विद्यार्थीहरुले वर्षेनी पाठ्यपुस्तकको अभाव झेलिरहेका छन् ।

 

यस क्षेत्रको मुख्य आम्दानीको श्रोत कृषि हो । र यसबाट बढी आम्दानी लिन नयाँ पुस्तालाई आधुनिक कृषि प्रणालीको ज्ञान हुन आवश्यक छ भन्ने शिक्षा यस क्षेत्रमा रहेको झापा गाउँपालिकामा अवस्थित जनता मा.वि विद्यालयले दिदै आएको छ । सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारकोे लागि विद्यालय घेराबारा गर्ने काम हुनुका साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट हरेक विद्यार्थीले लाभ लिईरहेका छन् ।

स्वास्थ्यमा हरेक नागरिकको पहुँच पुग्नु पर्छ भन्ने धारणा सहित यस क्षेत्रमा रहेका उपस्वास्थ्य तथा स्वास्थ्य चौकीहरुको पछिल्लो समयमा स्तरउन्नती भएका छन् । .शिवसताक्षीमा शिवगन्ज आधारभुत अस्पताल १५ शैयाको, कन्काईमा १५ शैयाको र झापा गाउँपालिकामा १० शैयाको सामुदायिक अस्पताल निर्माणको क्रममा छन् । साथै सो अस्पतालहरुलाई अपाङग, असाहय, जेष्ठ नागरिक तथा बाल मैत्री बनाउन शुरुवाती चरण देखि नै काम गर्दै आईएको छ । यी अस्पताल निर्माण सम्पन्न भए पश्चात यस क्षेत्रका बासिन्दाले सरल र सहज तवरबाट स्वास्थ्य लाभ पाउनेछन् ।
यस क्षेत्रमा रहेका कच्ची बाटाहरु पक्की बाटोमा परिणत हुने क्रममा छन् । जसकारणले कृषिउत्पादनहरु बजार सम्म पुग्न सहजभएको छ । दैनिकजीवनयापनर ओहोर दोहोरमा सास्ती भोग्नु पर्ने अवस्थाबाट मुक्त भएका छन् । राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्गको मुख्य खण्डको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भईसकेको छ । शिवगन्ज-मंगलबारे सडक खण्ड निर्माणको क्रममा रहेको छ ।

कमल खोलामा पुल बनिसकेको छ भने यहाँको मुख्य नदि कन्काई नदिमा पुल बन्दै गरेको अवस्था छ, यी पुलहरु बनिसकेपछि यहाँका कृषि उत्पादनहरुले बजार पाउनेछन् र नदि वारपार गर्न दिनहुँ सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

 

धेरै जसो ग्रामिण क्षेत्र रहेको यस ठाउँका जनताहरुकोमुख्यआयश्रोत कृषि रहेको छ तर कृषिउत्पादनबृद्धि गर्नयहाँकाजनताले घरि मलनपाउने, घरि सिचाईको अभावहुने अवस्थाछ ।यसले गर्दा समयमाफसललगाउननसकेको किसानको गुनासो छ ।
तर अहिले मलतथा बिउ नपाउने किसानको दुखदायीअवस्थाको आवाज सदनमा गुञ्जिनथालेको छ ।

यसैको परिणाम स्वरुप तराई मधेश समृद्ध सिचाई कार्यक्रमशुरु गरिएको छ । र यसबाट यस क्षेत्रकाकिसानहरु लाभान्वीतभएका छन् र हुने क्रममा छन् ।
धार्मिक, साँस्कृतिक र प्राकृतिक क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमाविकास गरिएको छ ।यीनीहरुलाई व्यवस्थितर सुरक्षितबनाउन राज्य स्तरबाटै योजनाबनाईएको छ र सो को कार्यन्वयनगरिएको छ । बर्षेनीलाखौँको संख्यामाआन्तरिक तथाबाह्य पर्यटकहरुले यी क्षेत्रहरुको भ्रमण अवलोकन गर्ने गरेका छन् । जसबाट स्थानीयबासीहरु प्रत्यक्षतथाअप्रत्यक्ष रुपमालाभान्वीतहुँदै छन् ।

 

भुमिहिन जनताहरुको पीडा महसुस गर्ने कुशल नेतृत्व छनौट गरि यहाँका मतदाताहरुले बुद्धिमता देखाएका छन् । फलस्वरुप भुमिहिनहरु लालपुर्जा पाउने क्रममा छन् ।
यसै क्षेत्रमा जन्मेका जन्मसिद्दहरुसँग देशको नागरिकता नहुनाले एकदमै दुःख र पिडा भोग्नु परेको थियो । तर यस विषयमा पटकपटक सदनमा आवाज उठिरह्यो र नागरिकताविहिनहरुले नागरिकता पाउने प्रकृयामा छन् ।

हरेकवर्ष यहाँकाबासिन्दाहरुको समस्याका रुपमाउर्लेर आउने नदीहरुलाई नियन्त्रणगरि हजारौँ मानिसहरुको जीवनर करोडौँको आर्थिक क्षती हुनबाट जोगाउने प्रयास भएको छ ।
नदी नियन्त्रणका लागियहाँकाजनप्रतिनिधीहरु बाँध बनेर उभिएका छन् ।अझै यो क्षेत्रमा तटबन्धन आवश्य छ भनी संसदमाआवाज उठ्न थालेको छ ।

एउटा छानो होस् । जसको मुनी निदाउन सकियोस आनन्दसँग । केहिवर्ष अघिसम्म यहाँका हरेक विपन्न परिवारको सपनाथियो एउटा घर । सरकारले आफ्नो घर बनाईदेला भन्ने कल्पना समेत नगरेका यहाँकागरिब परिवारका बालबालिकाहरुले आफ्नै छानो मुनी बसेर नयाँ सपनाको उडान भर्दैछन् । घरवारविहिन दलित, सिमान्कृत जनता घर निर्माण गरिदिने काम भएको छ र चुहिएको छानोमा जस्ता पाता फेरिएको छ ।

विश्वभरि नै महामारीको रुपमा फैलिएको कोविड १९ ले यस ठाउँलाई पनिभयवित, असुरक्षितबनायो । संसारभरिलाखौँको संख्यामामान्छेहरुले रोजगारीगुमाए, आफन्तगुमाएर जीवन समेत गुमाए । यो भयावह स्थीतीमामान्छेहरु सुरक्षितभईएला कि नभईएलाभन्ने चिन्ताले सताईरह्यो । तर रोग नियन्त्रणका लागिसमयमै चालिएको कदमर संक्रमितहरुलाई सुरक्षितराख्नगरिएको प्रयास अर्थपुणर् रह्यो । नेपाल जस्तो कमविकसित राष्ट्रको अर्थतन्त्रकमजोर भईरहेको अवस्थामा कोविड १९ कै दौरानमापनियहाँको आर्थिक तथा भौतिक विकास गर्न हरतरह प्रयास भइरहेको छ ।

 

यस क्षेत्रलाई यो अवस्थामा आउन यहाँकाहरेक जनता, बुद्धिजिवीहरु, सामाजिक राजनैतिकअभियानता, सामाजिक संघसंस्थाहरु र जनप्रतिनिधीहरुको निरन्तर प्रयासले मात्र सम्भव भएको हो ।

यहाँकाजनतालेबनाउनखोजेको समृद्द समाजः- जहाँ डर हुनेछैन, भयहुनेछैन, बालबालिकाको ओठ मुस्कुराउनेछन् निर्धक्क, अशाय-असक्तहरुले साहारा पाउनेछन्, यूवाहरुले आफ्नो सिप देशमै सदुपयोग गर्नेछन्, गुणस्तरीय शिक्षाहुनेछ, प्राविधिक ज्ञानको कमिहुनेछैन, स्वास्थ्य सेवापाइनेछ, कृषिउत्पादनले गाउँ सम्पन्नबन्नेछ, उद्योग कारखानाखुल्नेछन्, साँस्कृतिक रुपमा सम्पन्नहुनेछझापा क्षेत्र न. ४ ।

समृद्द समाजनिर्माणको सपनायहाँका हरेक मान्छेले देखेका हुनुपर्छ । र यसलाई पुरा गर्न, फेरि पनिहरेक व्यक्ति एक ठाउँमा उभिन जरुरी छ ।

उज्यालो खवरले तयार पारेको संक्षीप्त बृत्तचित्र यहाँ प्रस्तुत गरिएको छ ।

Share: