१४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

cm office

 

 

विराटनगर प्रदेश १ सरकारले विशेषज्ञ सेवा प्रदान गर्न प्रदेशस्थित १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकारले खारेज गरिसकेको जिल्ला र निर्देशनालय कार्यालयहरू प्रदेश सरकारले स्थापना गरी सञ्चालन गर्दै आएकोप्रति महालेखा परीक्षकको कार्यालयले बर्सेनि प्रश्न उठाउँदै आएको छ ।

प्रदेश सरकारले मोरङमा शुक्रबार कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको छ । कृषिमन्त्री झलकबहादुर मगरले केन्द्रको उद्घाटन गरे । तेह्रथुममा असोज ९ मा र ताप्लेजुङ असोज १० मा केन्द्र स्थापना गरिने कृषि मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए । मन्त्रिपरिषद्को २०७८ माघ २३ को निर्णयबमोजिम चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपछि केन्द्र स्थापना गरिएको उनले बताए ।यसअघि सुनसरी र मोरङ कार्यक्षेत्र रहने गरी इनरुवामा केन्द्र स्थापना गरिएको थियो । सुनसरीमा स्थापना गरे पनि मोरङमा इकाइ कार्यालय स्थापना गरेर कामकाज सञ्चालन हुँदै आएको थियो । उक्त केन्द्र मोरङका लागि ८ करोड ३ लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।

मन्त्री मगरले प्रदेशको प्रत्येक जिल्लामा केन्द्र स्थापनाले किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले किसानलाई विशेषज्ञ सेवा प्रदान गर्न कुनै किसिमको त्रुटि नगर्न कर्मचारीलाई निर्देशन दिए । प्रदेश सरकारले केही कार्यालय समायोजन समेत गरेको छ ।

बागबानी केन्द्र जौबारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागबानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन