"दुर्घटना"

सडकको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

 

 

 

सुनसरीको इटहरीमा सडकमा परेको खाण्डोमा परी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार विहान इटहरी उपमहानगरपालिका–१७ संगम चोकस्थित कान्छी चोक चतरा सडक खण्डमा चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल खाल्डोमा परी दुर्घटना हुँदा सुनसरी–६ रामधुनीका ६० वर्षीय रामप्रसाद रेग्मीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार   दुर्घटनामा रामधुनी– ६ का   ३९  वर्षीय  सुमन रेग्मी सामान्य घाइते भएका छन् । मृतक रेग्मी मोटरसाइकल पछाडि सवार थिए । दुर्घटनमामा घाइते भएका दुवैलाई  उपचारका लागि न्यूरो अस्पताल  विराटनगर पठाएको  थियो ।

उपचारका लागि ल्याउँदै गर्दा रामप्रसादको बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले  जनाएको छ ।

 

Share: