विराटनगरमा बन्टी स्मृति भेट्रान्स फुटबल हुँदै

 

 

 

विराटनगरमा ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता आइतबार (आज)बाट हुने भएको छ ।

विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको संयोजक किशोर धमालाले बताए ।  प्रतियोगिता कुनै नाफा वा व्यक्तिगत फाइदाका लागि नभई एक जना फुटबलमा योगदान पु¥याएका व्यक्तिको स्मृतिमा आयोजना गर्न लागेको उनले बताए ।

एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा थोरै समय मात्रै बिताएका थिए । उनले खेल सुरु गरेसँगै जागिरे जीवन पनि सुरुआत गर्न थालेपछि खेललाई स्थगति गरेका थिए । बन्टीलेपछि भेट्रान फुटबल खेल्न थालेको र राम्रो खेलकै कारण धेरै वटा क्लबले खेल्न बनाउने गरेका थिए ।

असोज ९ देखि १५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुन लागेको भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् ।

 

Share: