सेतुमारी-सिजुवा सडक एक वर्षपछि सञ्चालनमा

sadak (1)

 

 

 

झापा  झापाको दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरुद्ध सडक एक वर्ष पछि सञ्चालनमा आएको छ ।

गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पुर्‍याएको छ । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो । सडक कटान भएपछि त्यस सडकखण्ड पूणर्रुपमा आवतजावत बन्द छ ।

अवरुद्ध सडक दमक नगरपालिका-१० र उर्लाबारी नगरपालिका-९ को पहलमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको दमक-१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । सडकका खाल्डा पुरेर आठ थान ह्युम पाइप राखिएको छ । सडक खुलाउने काममा स्थानीयवासीले समेत मर्मत सम्भारको काममा सहयोग पुर्‍याएका थिए । सडक सञ्चालनमा आएपछि दमकको दक्षिणी भेगबाट पूर्वी मोरङसम्म आवतजावत गर्न सुविधा पुगेको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताए ।

कृषि सामग्री हस्तान्तरण

यसैबीच झापाको गौरीगञ्ज गाउँपालिकाभित्रका पाँच महिला कृषि समूहलाई विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाको समन्वय तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले रु एक लाख ७० हजारभन्दा बढी मूल्यका कृषि सामग्री उपलब्ध गराएको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । कृषक समूहलाई पम्प सेट चार थान (डिजल मेसिन), इलेक्ट्रिक मोटर सेट दुई थान, पिभिसी सेक्सन पाइप, फुट भाउल्भ, निप्पल, क्लिम्पलगायत सामग्री हस्तान्तरण गरिएको हो ।

कृषि सहायता सामग्री गौरीगञ्ज-५ को सरस्वती कृषि महिला समूह, गौरीगञ्ज-४ को तुवावाहा कृषि महिला समूह, गौरीगञ्ज-५ को शिवशक्ति कृषि महिला समूह, गौरीगञ्ज-२ को रामनगर भाकुरमारी महिला समूह र कन्काई समूहलाई कृषि सामग्री हस्तान्तरण गरिएको संस्थाका संयोजक कुमार चुँडालले जानकारी दिए । महिला कृषक समूहलाई कृषिमार्फत आर्थिक सशक्तीकणमा टेवा पुर्‍याउने उद्देश्यले ती कृषि सामग्री अनुदानमा उपलब्ध गराइएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।