दमक/
मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको चुनाव हुँदै छ । यो दिन मुख्य गरि गठबन्धनमा आवद्ध रहेका दलहरु र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारहरुबिच कडा प्रतिस्पर्धा हुँदै छ ।
पाँच वर्ष अघी एमाले र माओवादीले तालमेल गरेर बहुमतको सिट जीतेका थीए । त्यहि तालमेललाई आधार बनाएर दुई पार्टि एकिकरण भएर नेकपा नामक छुट्टै दल पनि बन्यो । तर नेकपा बनेपछि पार्टिमा तीन धु्रव सुर्जना भयो । पार्टिभित्र अन्तरद्धन्द्ध बढ्यो ।
एमाले र माओवादी पूःन आ आफ्नै कित्तामा पुगे । एमालेमै रहेको माधव नेपाल समुहले पार्टि विगठन गर्यो र नयाँ दल बनायो ।
‘यसरी विभाजीत भएको कम्यूनिष्ट पार्टिहरुले यो पाँच वर्षमा सरकारको चुस्की समेत चाख्ने सपनानै नदेखेको दल नेपाली काग्रेसलाई प्रधानमन्त्री बनाउनकालागि सर्वोच्चबाट परमादेश जारि गरायो र एमालेको सरकार ढालेर गठबन्धनको सरकार निर्माण भयो । ’
अनेम सघं दमक नगर कमिटिको दशै विषेश सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमालेका पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल भन्नु हुन्छ ‘गठबन्धनको सरकार बनेपछि न जनताले सरकारं सरकार भएको महसुस गरेका छन् न विकासका नयाँ योजना नै सुन्न पाएका छ्न ।’
यस्तो योजना र देशलाई आर्थीक रुपमा थप संकट तर्फ लैजाने दलहरुलाई परास्त गराएर देशलाई दुर्घटनाबाट बचाउँन दाहालले आग्रह गर्नु भयो ।
उहाँले आफ्नो सुभकामना मन्तव्यका क्रममा बोल्दै ‘एमालेलाई किन भोट हाल्ने ’ भन्नेबारेमा तीनवटा कारण बताउनु भएको छ । जसको भिडयो यहाँ राखीएको छ ।
https://www.facebook.com/TheUjyaalokhabar/videos/5399289986825017