उदयपुर
प्रदेश १ मा अनेम सघं अन्तर्गतको महिला यूवा कमिटी गठनले सकृयता पाएको छ । बुधबार झापामा जिल्ला कमिटी गठन भएकै भोलीपल्ट उदयपुरमा अर्को कमिटी गठन गरिएको छ ।
बिहिबार उदयपुरको गाईघाट स्थित नेकपा एमालेको पार्टि कार्यालयमा भएको अनेम सघं यूवा महिला कमिटीको प्रथम भेलाले ३५ सदस्य उदयपुर जिल्ला कमिटी गठन गरेको हो ।
नेकपा एमालेका पोलिव्यूरो सदस्य तथा अनेम सघं प्रदेश १ की सचिव मञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले चौदण्डीगडी नगरपालिकाकी आशा परियारको अध्यक्षतामा अनेम सघं यूवा महिला कमिटी गठन गरेको हो ।
यस्तै भेलाले उपाध्यक्षमा त्रियूगा नगरपालिकाकी सिर्जना बस्नेतलाई चयन गरेको छ । सचिवमा बेलका नगरपालिकाकी उमा खत्री लाई चयन गरेको छ । सह-सचिवमा भने दुईजनालाई छानीएको छ । सह-सचिवमा क्रमश त्रियूगा नगरपालिकाकी लक्ष्मी चौधरी र उदयपुरगढी नगरपालिकाकी कोपिला खड्का चयन हुनु भएको छ । यसै गरि कोषाध्यक्षमा त्रियूगा नगरपालिकाकै रमिला दनुवारलाई चयन गरिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा यूवा महिलाहरुलाई जिम्मेवारी पूर्वक परिचालन गर्न सहज होस भनेर पछिल्लो समय प्रदेश १ का विभिन्न जिल्लामा महिला यूवा कमिटी गठनलाई तिब्रता दिइएको अनेम सघं यूवा महिला कमिटी प्रदेश १ की अध्यक्ष सुभेच्छा अधिकारी सापकोटाले बताउनु भयो ।
चुनावमा नेकपा एमालेको माहोल बनाउन हरेक यूवा महिलाहरुले महत्वपूणर् भूमिका निर्वावह गर्नु पर्ने बताउँदै अध्यक्ष सापकोटाले जिम्मेवार बनेर काम गर्न निर्देशन समेत दिनु भयो ।