"अर्थतन्त्र र दमक विकासमा चिन्ता"

‘देशको अर्थतन्त्र दुई महिना देखि सुधारोन्मुख ’डिपियूटि गभर्नर मिश्र भन्नुहुन्छ ‘दमकमा भौतिक विकास सुखद, अव शिक्षा र स्वास्थ्यमा ध्यान दिउँ’

दमक/
नेपाल बैंकका डिपियूटि गर्भनर बम   वहादुर मिश्रले देशको आर्थिक अवस्था विगत दुई महिना देखि सुधारोन्मुख रहेको बताउनु भएको छ । आज झापाको दमकमा डि पि एल नेपालले आयोजना गरेको दशै शुभकामना आदान प्रदान कार्यक्रममा मुख्य वक्ताको रुपमा बोल्दै मिश्रले भन्नु भयो‘ चार्ड पर्वको पूर्वसन्ध्यामा विदेशबाट विप्रेशण आउने क्रम बढेको र आन्तरिक रुपमा पनि ब्यापार व्यवसाय केहि चलायमान भएका कारण विगत दुई महिना देखि देशको आर्थिक स्थिती सुधारोन्मुख हुँदै गएको छ । ’

यहि स्थिती रहिरहे अहिले देखिएको अर्थिक तरलता कम भएर जाने उहाँको भनाई छ । त्यसैले उहाँको सुझाव छ ‘यो पटक दशैमा फजुल खर्च कम गरौै’
गृह नगर दमकनै रहेको मिश्र केहि दिन यता दशै मनाउन घर आउनु भएको छ ।

विदाको समयमा दमकका विभिन्न क्षेत्र घुम्न निस्कदा दमक भौतिक रुपमा विकास भएको देखेर आफु दंग भएको भन्दै उहाँले भन्नु भयो ‘ बाटाहरु फराकिला बनेछन् , गाउँ गाउँ सम्म कालोपत्रे भएछ , पुल नबनेका ठाउँमा पुल पनि बनेछन्। दमकमा भौतिक प्रगति गज्जवले भएको रहेछ ।’

अव दमकका नागरिक बिरामी हुँदा उपचार गर्न भन्दै दमक बाहिर जाने समस्याको अन्त्य हुन आवश्यक छ । गुणस्तिरिय शिक्षाका लागि कहाँ जाने र के पढ्ने होला भनेर भौतिारिने समस्याको अन्य हुने गरि काम गर्ने हो भने दमक देशकै एक प्रमुख सुविधायूक्त शहर बन्ने मिश्रको भनाई छ ।

यसकालागि दमक सरकारको सकृयता बढ्नुका साथै केन्द्र र प्रदेश सरकारका पहुँच पुर्याएर दमकलाई हरेक दृष्टिकोणबाट विकसित शहर बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

यस्तै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दमकलाई विकसित नगर बनाउन योजनावद्ध तरिकाले काम गरिरहेको उल्लेख गर्नु भयो । दमकमा रहेका सबै राजनैतिक दलहरुसँग विकास र समृद्धिमा सहकार्य गर्दै सबैको आ-आफ्नो पहुँचले भ्याएसम्मबाट दमकको विकासकालागि पहल कदमी भइरहेको भताउनु भयो ।

कार्यक्रम डिपिएलका केन्द्रिय अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दमकका विभिन्न सरोकार र चासो राख्ने व्यक्तिहरु, सघं सस्थाका प्रतिनिधी एवं यूर्वा सर्कलहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Share: