ओली निवासमा टिका लगाउनेको घुइचो

केपि ओलीबाट टिका ग्रहण गर्न ‘तछाड -मछाड’(भिडियोमा हेरौ)

dashai tika kp oli

दमक/
झापाको दमक ९ स्थित शान्ती मार्गबाट करिव ५ सय मिटर दक्षिण तर्फ केपि ओली बस्ने घर छ । यो घर आगामी चुनावकालागि ओली झापा आएका बेला बस्नकालागि अस्थाई रुपमा लिइएको हो । यो घरमा ओली आउँदा प्रदेश एक देखी मधेस प्रदेस सम्मका विभिन्न नेता तथा कार्यकर्ता ओलीसँग भेट गर्न आउने गर्दथे । चुनावी माहोल सुरु भएकोले नेताहरु ओलीसँग नजिक भएर टिकट लिने होड बाजीकालागि पनि ओलीलाई भेटन् यहाँ आउने गर्दथे । तर मंगलबारको माहोल भने अलिक फरक थियो ।

मंगलबार दमक स्थित ओलीको अस्थाई घरमा एमालेका नेता तथा कार्यकर्ता मात्रै थिएनन् । सर्वसाधरण नागरिकहरुको पनि घुईचो थियो । यो भिड थियो ओलीको हातबाट बिजया दशमीको अवसरमा टीका ग्रहण गर्ने ।

बिहान करिव ९ बजेर ४० मिनेट देखी उहाँले सर्वसाधारणलाई टीका लगाउन थाल्नु भयो । सबै भन्दा पहिला बालबालिकाबाट टिका लगाउन थाल्नु भएका ओलीले क्रमश विभिन्न सर्वसाधरण तथा पार्टिका नेता एवं कार्यकर्ताहरुलाई टीका लगाइदिनु भयो ।

ओलीबाट टीका ग्रहण गर्नेहरुमा पार्टिका स्थाई कमिटी सदस्यहरु देवराज घिमिरे, हिकमत कुमार कार्की, केन्द्रिय सदस्य गोविन्द थापा, प्रदेश कमिटी सदस्यहरु होम बहादुर थापा, इन्द्र भण्डारी,प्रेस चौतारीका नेताहरु चेतन अधिकारी लगायत अन्य विभिन्न जन वर्गिय संगठनका नेताहरुको उपस्थित रहेको थियो । यसै गरि अन्य दलका नेता तथा कार्यकताहरुपनि ओलीको हातबाट टिका ग्रहण गर्न पुगेका थीए ।ओलीले सर्वसाधरणकालागि दिउँसो १ः३० बजे सम्म टीका लगाइदिनु भएको थियो ।

उहाँले भने बुबा मोहन ओली र ठुलिआमा हरिमाया ओलीको हातबाट टीका ग्रहण गर्नु भयो । उहाको साथमा टीका लगाउन र ग्रहण गर्न उहाँकी पत्नी राधीका साक्य पनि रहनु भएको थियो ।

ओलीले सबै सर्वसाधरण, नेता, कार्यकतालाई समान रुपमा एक सय रुपैँया दक्षिणा पनि दिनु भएको थियो ।

यस अघी ओलीले ललितपुर स्थित आफ्नो निवासमा यसैगरि टीका लगाइदिने गर्नु हुन्थ्यो । तर यो पटक भने दमकमा नै लगाउनु भएको हो ।

ओलीले टीका लगाइदिएको र ग्रहण गरेको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन