दमक/
आगामी आम चुनावकालागी नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ । ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको झापामा उम्मेदवारको नाममा अन्तिम टुङ्गो लागेको स्रोतले जनाएको छ ।
जस अनुसार झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभा तर्फ के पी ओली , प्रदेशको क र खमा क्रमश हिकमत कुमार कार्की र होम बहादुर थापाको नाम टुङो लागेको छ ।
यस्तै क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा तर्फ लाल बहादुर सावा ( एल पी) तथा प्रदेशको क्षेत्र क बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्ने हुनुभएको छ भने ख क्षेत्र राप्रपालाई उम्मेदवार छोड्न एमाले तयार भएको छ ।
यसगरी ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभा तर्फ एमालेले राप्रपालाई छोड्ने भएको छ । यहाबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार बन्ने निश्चित भएको छ । साथै यो क्षेत्रको प्रदेश अन्तरगत ख मा एमाले केन्द्रीय सदस्य हरि राजवंसी र क मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेद्वार हुने निश्चित भएको छ ।
यस्तै क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट देबराज घिमिरे प्रतिनिधि सभाको उम्मेदवार बन्ने निश्चित भएको छ । यो क्षेत्रको प्रदेश तर्फ क्षेत्र नं. २ को क बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ख बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार निश्चित भएका छन् ।
यस्तै क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाकालागी सर्वसम्मत सिफारिसमा नाम पठाईएका रबिन कोईरालाको ठाउमा क्षेत्र नम्बर २ बाट सिफारिस गरिएका अग्नि खरेलको नाम टुङ्गो लागेको छ । अर्थात अब क्षेत्र नम्बर १ मा अग्नि खरेलले चुनाव लड्ने हुनु भएको छ भने कोईरालालाई प्रदेश सभामा पठाईएको छ । क्षेत्र नं १ को ख क्षेत्र राप्रपालाई छोडेर क क्षेत्रमा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ ।