पाँचथर ।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ताका लागि आजका लागि मिति तोकिएको छ।
सोही अनुसार पाँचथरमा पनि मनोनयन दर्ता सुरु भएको छ। पाँचथरमा दलहरुलाइ मनाेन्वयनकाे समय छुटाइए अनुसार मनाेन्वयन दर्ता भइरहेकाे छ । पाँचथर राप्रपा नेपाल, संघिय राष्ट्रिय लाेकतान्त्रिक मञ्च लगायतका पार्टिहरुले उम्मेदवारी दर्ता गराएका छन् । आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।