"मनोनय दर्ता गर्दै केपि ओली"

झापा ५ मा एमालेको मनोनय दर्ता : केन्द्रमा ओली प्रदेशमा कार्की र थापा ( पुरा भिडियो सहित)

दमक/
झापाको दमक नगरपालिकामा आज दिउँसोको मद्यान्नको समयमा निकै भिडभाड थियो । आज निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनकालागि मिती तोकेको हुनाले पनि आज क्षेत्र स्तरिय निर्वाचन कार्यालयमा भिडभाड हुनु स्वभाविक पनि हो । तर दमकमा करिव १ बजेको समयमा भने एका एक सर्वसासधारण सहित नेकपा एमाले र राप्रपाका नेता कार्यकर्ताहरुको भीड बढयो ।

यो भिडले यस क्षेत्रमा संघ र प्रदेशमा उम्मेदवारी मनोनय गराउन आउने उम्मेदवारहरुलाई समर्थन गरिएको जनाइरहेको थियो । यही भीडलाई छिचोल्दै छिचोल्दै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली सघं तर्फको चुनावका लागि आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय रहेको कोठा तर्फ प्रस्तान गर्नु भयो । यो भिडले निर्वाचन कार्यालयले मनोनय गर्ने कोठा सम्म पनि छोडेन । यद्यपी यही बिचमा उहाँले आफ्नो उम्मेदवारीको मनोनय गराउनु भयो ।

अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकियो ।संघीय संसद्का लागि अध्यक्ष ओलीको उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ ।

यसैगरी प्रस्तावकहरुमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्कीलाई तोकिएको छ ।

२०७४ सालको निर्वाचनमा पनि अध्यक्ष ओली सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।

यस्तै यो क्षेत्रको प्रदेश तर्फ प्रदेश निर्वाचन क्षेत्र (क)मा नि वर्तमान प्रदेश सांसद हिकमत कार्कीले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ प्रदेश १ सरकारको आन्तरिक मामीला तथा कानुन मन्त्री बनीसक्नु भएको छ भने उहाँलाई अहिले भावी मुख्यमन्त्रीको रुपमा चर्चा गरिरहिएको छ । पार्टिको स्थाई कमिटी सदस्य समेत रहनु भएका कार्कीको स्थाई घर गौरादह हो ।

यस्तै प्रदेशको क्षेत्र ख तर्फ नेकपा एमालेका प्रदेश कमिटीको सचिवालाय सदस्य होम बहादुर थापाले पनि मनोनयन दर्ता गराउनु भएको छ । लामो समयमा सम्म केपि ओलीको साथमा रहेर काम गर्नु भएका थापा यो पटक भने आफै प्रदेशको संसदीय मामीलामा जानकालागि आज मनोनयन दर्ता गराउनु भएको हो । कार्की र थापा दुवैजनाले केपि ओली सँगसँगै मनोननय दर्ता गराउनु भएको हो ।

उहाँले मनोनय दर्ता गर्दा केके देखियो ? जस्ताको तस्तै भिडियो यहाँ राखीएको छ ।

 

Share: