" ओलीको चुनावी सभा"

‘मंसिर ४ मा विकास गर्ने सरकार बनाउँ’ : केपि ओली ( भिडियो सहित)

दमक/
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले वर्तमान सरकार विदेश शक्तिको सहजताका लागि बनेकोले अहिले देश अधोगती तर्फ झरेको बताउनु भएको छ ।

झापाको क्षेत्र नं ५ बाट प्रतिनिधी सभामा आफ्नो उम्मेदवारी दर्ता गरेपछि आयोजीत एक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गलत नियत र स्वार्थका कारण देश विकास तथा आर्थीक रुपमा संकट तर्फ धकेलीएको बताउनु भयो । उहाँले जनताको अनुमोदनलाई परमादेश ल्याएर हटाउने र विदेश शक्तिको सहजता हुने गरी काम गर्ने तत्वहलाई मंसिर चार गतेको निर्वाचन मार्फत परास्त गर्न पनि अनुरोध गर्नु भयो ।

झापाको दमक नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनु भएका ओलीले मंसिर चार गते देशको मुहार फेर्न सक्नेहरुलाइ छानी छानी मतदात गर्न अपील गर्नु भयो । उहाँसँग यो क्षेत्रबाट गठबन्धनका तर्फटबाट नेपाली काग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले चुनाव लड्नु हुने छ ।

अघिल्लो पटकको चुनावमा पनि ओली र अधिकारीको बीचनै प्रतिस्पर्धा भएको थियो । यो पटक यो क्षेत्रबाट लेखक यूग पाठक सहित अन्य विभिन्न व्यक्तिहरुले पनि स्वतन्त्र उम्मेदवारकालगि मनोनयन दर्ता गराएका छन् ।

केपि ओलीले आफ्नो उम्मेदवारीको मनोनयन पछि आयोजीत सभालाई सम्बोधन गर्दै बोलेको भिडियो यहाँ राखीएको छ ।

https://www.facebook.com/TheUjyaalokhabar/videos/482809396909070

 

Share: